✍️ नर बहादुर घर्ती
झोपडी भित्र धुवाँले ध्वाँसिएर कालो भएको दलिनमा सेता अक्षरले एउटा वाक्य चमक्क चम्किन्थ्यो-” सत्ता बन्दुकको नालबाट जन्मिन्छ।”
ठाउँ सारी सारी कहिले मलखातो त कहिले भकारीमा लुकायर राखेका किताब पढ्दा जब यी हरफहरु भेटिन्थे-
“सेना नभयको कम्युनिष्ट पार्टिले जनताको रक्षा गर्न सक्दैन।”
“अधिकार मागेर पाइंदैन, लडेर खोस्नु पर्छ।”
“सामन्तका टाउका नगिँडी जनतालाई न्याय दिलाउन सकिँदैन।”
“सवै कम्युनिष्टले गुरिल्ला तालिम लिनुपर्छ।”
“ध्वँम्सपछिनै निर्माण हुन्छ।”
यस्तै जोशिला र रगत उम्लनेखालका थुप्रै वाक्य! तब दोहोर्याइ तेहेर्याइ मुख आखरै आउंदो गराउन मन लाग्थ्यो। सांगुरो कोठाका खस्रा भित्तामा देखिने एउटा प्रचलित वाक्य-“संसद भनेको खसिको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो।”
सिरानिले च्याँपेको कितावको गाढा हरफमा यस्तो हुन्थ्यो- “सर्वहारा वर्ग पुँजिपती वर्गको( पूँजिवादको) चिहान खन्ने मलामी हो।”
देउमाईको किनारमा सहिद कमरेड रत्नकुमार वान्तवालाई तत्कालिन पंचायतका भरौटेहरुले कायरतापूर्ण हत्या गरे।कमरेड रत्न संगै रहेका दुई युवतीहरुलाई ती कायर भरौटेहरुले पक्डेर लगे। अकल्पनीय कठोर यातना दिएपछी ती युवतीबाट खोसिएको पेस्तोल देखाउँदै ती भरौटेहरुको प्रमूखले तीनै क्रान्तिकारी युवतीलाई सोध्यो- “यो हतियार तिमिहरुले कहाँ अभ्यास गर्छौ? “उनीहरुको उत्तर थियो- “यो हतियार हामी वर्गदुश्मनको छातिमा अभ्यास गर्छौं।” यो उत्तरले अहिले पनि आङ्ग सिरिङ्ग हुन्छ।पैताला देखि टुप्पिसम्मको रगत एक्कैचोटी भुर्लुक्क भल्किन्छ।साँच्चै क्रान्तिकारीता कस्तो हुन्छ? आँखै अगाडि एउटा सजिव चित्र ठिंङ्ग उभिन्छ।
रुसको क्रान्ती, चिनियाँ क्रान्ती, क्युवा , पेरु , एलसाल्भाडोर र उत्तर कोरियाको क्रान्ती लगायत धेरै देशका क्रान्तिका बारेमा हामीले धेरै पढ्यौं र सुन्यौं। तिनिहरुले हाम्रो मनमष्तिष्कमा अमिट छाप बसाले।त्यहाँको क्रान्ती र त्यहाँका जनता प्रती हाम्रो मनमा अगाध आस्था उर्लियो। हामीले पनि त्यस्तै क्रान्तिद्वारा
जनताका शत्रुलाई परास्त गरेर जनताको शासन स्थापना गर्ने उत्कट अभिलाषा दसकौंसम्म जागिरह्यो। मार्क्सवादका प्रतिपादक कार्लमार्क्स र एंगेल्स हाम्रो बिचारको मूल नेता बन्नुभो। कमरेड लेनिन, स्टालिन, माओ , चे ग्वेभारा , फिडेल क्यास्त्रो लगायतका थुप्रै महान नेता कमरेडहरुलाई हामी क्रान्तीका नायक मान्यौं।
उहाँहरुले गर्नुभयको क्रान्तिको तौरतरिका ,संगठन पद्धती , छापामार युद्धहरु, गाउँबाट सहर घेर्दै राज्यसत्ता कब्जा गर्ने अद्भुत कला र योजनाहरु, उहाँहरुले गर्ने अथक त्याग वलिदान र परिश्रमले हामीलाई यति प्रवाभित बनायोकी , क्रान्तिका निम्ति , न्याय र परिवर्तनका निम्ति, देश र जनताका निम्ति , शोषित, उत्पिडित र गरिव जनताका अधिकार प्राप्ती तथा समानतामूलक समाज निर्माणका निम्ति बिना कुनै हिच्किचाहट आवस्यक परे वलिदानीका निम्ति पछि नहट्ने बनायो।
बि. सं. २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टिको स्थापना भयपछी देशब्यापी रुपमा कम्युनिष्ट पार्टी प्रती आम मानिसहरुको चासो बढ्यो।संगठनले बिस्तारै गतिपनी लिन थाल्यो।तर बिडम्वना के भैदियो भने पटक पटक कम्युनिष्ट पार्टिले टुट्फुट्को पीडा भोग्नु परिरह्यो।साना साना कुरामा पनि पार्टी फुटिरह्यो। कहिले चीनको कम्युनिष्ट पार्टिलाई हेर्ने दृष्टिकोण र सोभियतसंघको कम्युनिष्ट पार्टिलाई हेर्ने दृष्टिकोण नमिलेर पार्टी फुट्यो। कहिले अमेरिका र भारतलाई हेर्ने दृष्टिकोण नमिलेर फुट्यो । कहिले अधिवेसन चौथोकी पाचौं भन्ने विवादले पार्टी फुट्यो।कहिले ससस्त्र कि शान्तिपूर्ण? भन्ने विवादले फुट्यो ।यति फुट्यो, यति फुट्यो।श, ष र स पिच्छे फरक पार्टी समेत जन्मे। यसका कारण के थिए भने हामी क्रान्तीप्रती अत्यन्तै लालायीत त थियौं । छिटो भन्दा छिटो क्रान्ती सम्पन्न गरेर देश र जनतालाई सामान्तवाद र दलाल पूँजिपतिहरुबाट मुक्त गरेर जनताको अधिकार स्थापित गर्न पाय हुन्थ्यो भन्ने पनि थियो। तर हामी संग आफ्नै बस्तुस्थिती, भूगोल, राष्टिय र अन्तराष्टिय परिस्थिती, जनताको चेतना र जिवनस्तर एवम् कम्युनिष्टहरुका बारेमा साम्राज्यवादी र पूँजिवादी तथा सामान्त, दलाल नोकरशाही पूँजिपतिहरुले एक स्वरमा फिंजाउने अनर्गल भ्रम र लान्छानाहरुलाई च्यात्दै जनतालाई सैद्धान्तिक र ब्यबहारिक ज्ञानले सुसज्जित गर्दै बिस्वासमा लियर एक साथ दह्रो धक्का दिने आफ्नै मौलिक र प्रष्ट योजना साथको दृष्टिकोण थियन। हामी सवैनै माथी शुरुमै उल्लेख गरिएका वाक्यहरुबाट कहिं न कहिं वढी प्रवाभित थियौं। ससस्त्र बिद्रोह नगरी कम्युनिष्टहरुले सत्ता प्राप्त गर्नै सक्दैनन् भन्ने कुरामा कसैको बिमती थियन। त्यसैले सवै कम्युनिष्टहरु कुनै न कुनै देशको क्रान्तिबाट प्रभावित थिए नै। सेना हतियार र ससस्त्र बिद्रोह अपरिहार्य जस्तो लाग्थ्यो। कोहिलाई कस्को मोडेल राम्रो लाग्थ्यो त कोहिलाई कस्को? त्यसैले आपसमा संधै विवादै चुलिन्थ्यो। त्यो पनि होइन , यो पनि होइन, यो यो कारणले अब हामी यस्तो विचार र योजनाका साथ सवै एक भयर यो बाटोबाट अघि बढ्नु पर्छ है भन्ने आफ्नै भूगोल , राष्टिय अन्तराष्टिय परिस्थिती र जनताको विस्वास जितेर अघि बढ्ने मौलिक योजना र कार्यक्रम कसैसंग पनि थियन।सवैसंग अन्यत्रै प्रयोग भैसकेका र साम्राज्यवादीहरु र पूँजिवादिहरुले अनेक अफवाह मच्चाएर जनतालाई भ्रममा पारिसकेका योजना र कार्यक्रम मात्र थिय।अत तीनिहरुको अफवाह र भ्रमलाइ चिरेर कम्युनिष्ट आन्दोलन तड्कारो रुपमा अघि बढ्न सकेन र पार्टिहरु बिभाजनको चपेटामा परिरहे। कमरेड मदन भण्डारीले जनताको वहुदलिय जनवादको प्रतिपादन गरिसकेपछि भने यो क्रम रोकियो र कम्युनिष्ट घटकहरु एकतावद्ध हुँदै मूल प्रवाहमा अघिबढ्ने क्रम शुरुभयो।शुरु शुरुमा त शान्तिपूर्ण आन्दोलन र जनताको मन जितेरै पनि कम्युनिष्टको शासन ब्यबस्था ल्याउन सकिन्छ र जनताका अधिकारहरुलाई स्थापित गर्न सकिन्छ भनेको सुन्दा त्यतिबेला सवैलाई अचम्म लाग्थ्यो र हास्यास्पद जस्तोपनि!
हुनत त्यतिबेलाको अन्तराष्टिय परिस्थिती पनि त्यस्तै नै थियो।दोस्रो विश्वयुद्धपछी स्थापना भय?का सवैजसो समाजवादी राष्टहरुको सम्पूर्ण ठेक्कानै एक्लो सोभियतसंघले लिए त्यजस्तो थियो।त्यहाँका सरकारहरु सोभियतसंघकै इसारा र मुख ताक्ने खालकानै थिय।नेतृत्व संचालन र सुरक्षाको जिम्मा सोभियतसंघमानै केन्दृत थियो। निर्भर थियो। ती देशहरुको मौलिकता र शृजनशिलतासंग मार्क्सवाद र समाजवादलाई जोड्न र ढाल्न नसक्दा त्यसले जनताको मन जितिरहन सकेन।साम्राज्यवादिहरुको एकोहोरो प्रहार र आक्रमणबाट समाजवादलाई जोगाउनका निम्ति सोभियतसंघको मूल ध्यान हतियार निर्माण र भन्डार तर्फ केन्दृत भो।प्रबिधी र यान्तृकरणको त चरम बिकास भयो तर जनताको स्कुलिङ्ग र मानवीय पक्षमा ध्यान उतिसाह्रो पुग्न सकेन।
सोभियतसंघ एक्लैले पूँजिवादिहरुको एकतृत सवैखाले हमला र अतिरंजित प्रोपोगाण्डालाई झेल्न गाह्रो भयो।बेरोजगारी र आधारभूत आवस्यक्ताहरु चुलिंदै गए।नेतृत्वमा घुसपैठहरु भए। युवा पुस्तालाई समाजवादको महत्व बुझाईएन।बिस्तारै समाजवादी राष्टहरु ढल्दै गए।वर्लिनको पर्खाल ढल्यो।त्यति मात्र होइन, विश्वको एकतिहाई भूभाग ओगटेको सोभियतसंघको कम्युनिष्ट शासन ब्यबस्थालाई त्यत्रो लाल सेना, त्यत्रा आणविक भट्टी र ती अगणित हतियारले जोगाउन सकेन।त्यत्रो विशाल महाशक्ती कम्युनिष्ट सत्ता एउटा गोलि र एक चिम्टी बारुद्को खर्च नभै गर्ल्यामगुर्लुम्मै छिनभरमा ढल्यो। यसले के देखाउँछ भने सर्वशक्तिमान भनेका जनतानै हुन।सेना र हतियारले सत्ता ल्याउन त सक्ला! तर जोगाउन चाहिँ सक्दोरहेनछ।
सोभियतसंघमा समाजवादले धक्का खाईसकेपछी अन्तराष्टिय कम्युनिष्ट आन्दोलन रक्षात्मक वन्न पुग्यो।दुनियाँभरका पुँजिवादिहरुले स्यालहुइंया मच्चाउँदै भने-अधिनायकवादी कम्युनिष्टहरुको संसारबाट अन्त्य भयो।तर त्यस्तो कहाँ हुन सक्थ्यो र? सत्ता ढल्दैमा कम्युनिष्टहरु सकिंदैनन्।पूँजिवादी स्यालहरुले एउटा कुरा कान खोलेर सुन! जवसम्म समाजमा वर्ग रहन्छ, तवसम्म कम्युनिष्ट रहि रहन्छ। कम्युनिष्टहरु ढलेर मुर्छा पर्दैनन्।धुलो टक्टक्याउँदै उठेर संगठनमा जोडिन्छन।केही समय कुनै ठाउँमा सुस्तायो भन्दैमा मार्क्सवादको बाटो टुङ्गिदैन।अझै उज्यालो र फराक मूलबाटोको तय गरिसकेको हुन्छ।यो एउटा विज्ञान हो। आन्दोलनको रुप परिवर्तन हुन्छ।क्रान्तिको बाटो भिन्न हुन सक्छ।त्यसैलेत निषेधको निषेध नियम मार्क्सवादको अपरिहार्य सर्त हो भने शृजनशिलता र हस्तान्तरीयता यसका अनिवार्य अनुकुलता हुन। यसर्थ मार्क्सवादको प्रयोग समय समाज र परिस्थिती एवम् भूगोल अनुकुल शृजनात्मक र युग सापेक्ष हुनुपर्दछ।यो आवस्यक्तालाई पूर्ती गर्ने खालको अधिकांस जनताको माग सम्बोधन गर्ने हुनुपर्छ।मरुभूमी र जंगलमा यस्को प्रकृति भिन्न हुन्छ।एक ठाउँको नक्कल गरेर अर्को ठाउँमा लाद्न खोजे यसमा दुर्घट्ना निम्तिन सक्छ। मार्क्सवादले सवै कुरालाई परिवर्तनशिल ठान्छ र सवै कुराको विकल्प देख्छ।आफ्नै समेतपनी यसले विकल्प देख्छ। यसको प्रयोग र संचालन फरक फरक देशमा फरक फरक किसिमले हुन सक्छ।जहाँको विशेषता जस्तो छ त्यही अनुकुलको मोडेलमा यो ढल्छ र ढाल्न जरुरी छ। मौलिकता र समयानुकुलको परिस्कृतता
यस्का दिर्घायुका स्वरुप हुन्। समाजका मूल तत्व जनताको कुभलो गरेर मार्क्सवाद आफू मात्र सपृईरन सक्दैन।जस्तो पूँजिवाद सक्छ।
पुर्वी युरोप र सोभियतसंघमा समाजवाद एक पछि अर्को धमाधम ढलिरहेको र साँच्चै अब विश्वमा कम्युनिष्टहरुको पत्तासाफै हुनेहोत भन्ने अग्लो प्रश्न ठडिईरहेको वेला नेपालमा भने तत्कालिन नेकपा(एमाले) लोकपृयताको चर्मोत्कर्षमा थियो। कम्युनिष्टहरु पार्टी भित्र बाहिर सवैतिर क्रुर अधिनायकवादी हुन्छन भनेर पूँजिवादिहरुले अन्तराष्टिय रुपमै आरोप लगाईरहेका बेला नेपालमा भने ती आरोपको कुनै प्रभाव र असर थियन।न त त्यो आरोपलाई जनताले पत्याउँथे नत नेता कार्य कर्तालेनै बिस्वास गर्थे। यसको कारण थियो- नेपाली क्रान्तीको विशिष्ट कार्यक्रम जननेता कमरेड मदन भन्डारिद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद। यसको मूल उद्देश्य र कार्यक्रमनै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै पार्टिलाई आन्तरिक रुपमा र मुख्यरुपमा कम्युनिष्ट आन्दोलनको लोकतान्तृकरणनै हो। यसले परम्परागत ससस्त्र बिद्रोहद्वारा समाजकोरुपान्त्रण प्रकृयालाई छाडेर शान्तिपूर्ण रुपमा समाज रुपान्त्रणको कार्यक्रमलाई अघि सारेको छ। त्यस्तै क्रान्ती पछिको समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धालाई अनिवार्य सर्तका रुपमा स्वीकारेको छ। जसले गर्दा पार्टी , नेतृत्व र नेता पटक पटक जनताद्वारा अनुमोदित भैरहनु जरुरी छ।यो प्रकृयाले ग्यारेन्टी गर्छकी यस्तो अवस्थामा अधिनायकवादको त कुनै सुइंकोसम्म पनि आउँदैन।वरु यसलेत उत्तमहरुको विचमा पनि संधै अतित्युत्तमको खोजी गरिरहने भयो। बहुदलीय प्रतिस्पर्धामा आधारित राजनैतिक शासनप्रणाली सहितको जनवादी ब्यवस्था नै जनताको वहुदलिय जनवाद वा जवज हो। जननेता कमरेड मदन भण्डारीले जवजका अनिवार्य र मौलिक विशेषताहरुलाई निम्नानुसार बुँदागत गर्नुभएको छ:-
संविधानको सर्वोच्चता
वहुलवादी खुला समाज
शक्ति पृथकिकरण
मानवअधिकारको रक्षा
वहुदलीय प्रतिस्पर्धाको प्रणाली
आवधिक निर्वाचन
वहुमतको सरकार र अल्पमतको बिपक्ष
कानुनको शासन
जनताको जनवादी ब्यबस्थाको सुदृढिकरण
विदेसी पूँजी र प्रविधी
नेतृत्व र अधिनायकत्व
क्षतिपूर्ती
विदेश नीति
जनताको बहुदलीय जनवाद
जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद्को प्रतिपादन गरेर नेपाली क्रान्ती र विश्व कम्युनिष्ट आन्दोलनलाई दिनुभएको योगदान कार्लमार्क्सकै हाराहारिमा छ।किनभने सोभियत मोडेलका क्रान्ती र समाजवादले फेल खाई रहेको बेला विश्व कम्युनिष्ट आन्दोलनमा कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभयको जवजले क्रान्तिको बाटो र ब्यबस्थाको मोडेललाई परिवर्तन गरेको छ।अब विश्व कम्युनिष्ट जगत सोभियत मोडेल छाडेर नेपाली मोडेल वा जवज प्रती आकर्षित भयको छ र निरास हुँदै गयको विश्व सर्वहारा श्रमजिवीको मुक्ती आन्दोलनको आशालाई जिवित तुल्यायको छ। विश्वले यस्को महत्वलाई राम्ररी आत्मसात गरेको छ। भारत र चीन जस्ता विशाल र शक्तिशाली देशहरुको वीचमा हामिले आफ्नै मोडेलको आर्गानिक जवजलाई अघि बढाईरहेका छौं।यो सामान्य र चानेचुने कुरो छैन।हुनत कमरेड मदनलाई एक शब्द श्रद्धाञ्जली ब्यक्त सम्म गर्न नसक्ने भयंङ्कर नामुद मार्क्सवादी पनि हामी मद्धेबाटै छौं। ठिकैपनी हो, सवै बाहिरको खाँदा घरको गोलभेंडाले ग्याष्टिक पनि गराउँछ।
जनताको बहुदलिय जनवादले बिरोधिहरुको भ्रमलाई चिर्न मात्र सफल भयन।यसले त आफ्नै पार्टी भित्रका नेता तथा कार्यकर्तालाई ढुक्क समेत बनायो र आम जनताको मन जित्न सफल भयो।जनताको मन जितेर शान्तिपूर्ण बाटोबाट पनि सत्तामा पुग्न सकिन्छ र जनताका अधिकारहरुलाई स्थापित गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखायो।रगत बगायर मात्रै जनताको सत्ता प्राप्त हुन्छ भन्ने मान्यतालाई परिवर्तन गर्यो र हतियार थन्क्याएर जनताको विचमा जाने परिपाटिलाई स्थापित गर्यो। जसले गर्दा कठोर कानुन भयका मुस्लीम राष्टहरुमा समेत कम्युनिष्ट पार्टिका सरकारहरु बन्ने सुनिश्चितता हुन थाले।क्रान्ती र अधिकार प्राप्तिको लडाइँ भन्नासाथ ज्यानै होम्नुपर्ने बाध्यताको समेत अन्त भएको छ र जस्तो सुकै परिवर्तनहरु जनताको साथबाट गर्न सम्भव हुन्छ भन्ने मान्यता विकास हुँदै छ।आजको विश्वमा हतियार भन्दा शक्तिशाली जनता हुन्। त्यसैले पार्टी र नेतृत्व जनता र देशप्रती उत्तरदायी हुन जरुरी छ।अन्यथा जनताले आफ्नो निर्णय गर्छ्न।
नेपालका सन्दर्भमा भन्दा, साँच्चै कमरेड मदनले जवजको प्रतिपादन नगर्नुभएको भए अहिलेसम्मपनी हामी सायद टुटफुटमै हुन्थ्यौं होला।कसैले चीनको मोडेल राम्रो त कसैले क्युवाको र कसैले उत्तर कोरियाको भनेर झगडामै ब्यस्त हुन्थ्यौं होला! हामी वीच शहिदको संख्या पनि निरन्तर बढिनै रहन्थ्यो होला।जवज नभयको भय कम्युनिष्टहरुको यो मूल प्रवाह र यस्तो बृहत् एकता संभावनै थियन। विश्व इतिहासलाई नियाल्दा हामीले छोँटै समयमा जनताका महत्वपूर्ण अधिकारहरुलाई संबिधानमै लिपिवद्ध र स्थापित गर्न सफल भयका छौं।यो सवै जनताको बहुदलीय जनवादको कारणले संभव भयको हो। शुखी नेपाली र समृद्ध नेपाल निर्माणका निम्ति जवजको औचित्य अझै वढी पुष्टि र प्रमाणित हुँदै गएको छ। आउनुहोस् ! हामीसवै पुन: एकपटक जवजलाई आत्मसात गरौं र कमरेड मदन प्रती उनान्सत्तरिऔं जन्मजयन्तिको उपलक्ष्यमा प्रकट गरौं! भावपूँर्ण श्रद्धासुमन! हार्दिक श्रद्धासुमन!! नेपाली क्रान्ती र विश्व कम्युनिष्ट आन्दोलनमा प्रभाव , योगदान र सृजनशिलताका हिसावले यो सताब्दी, जवज सताब्दी!
राज्य नियन्त्रित ज. ब ज हुने तर्क गरिए पनि पुँजिवादी राज्यसत्ताका अवयवहरुले त्यस्तो ऐन प्रस्तुत गर्न र लागु गर्न दिंदैनन् । जनताको मत जितेर राज्यको सिंहासनमा पुगेपनि धेरै जसो प्रतिनिधि आत्मकेद्रित वा विपक्षीलाई खुशी पार्ने नाममा राज्य दोहन गर्ने र निर्वाचनमा पुःन मत माग्न आर्थिक खेलोमा लाग्दा जनताको भरोसा कम्युनिष्ट प्रति क्रमश : घट्दै जान्छ र आवधिक रुपमा निरन्तरता रहँदैन र जनताको सपना तुसारापात हुन्छ । यसै विच अवसरवादले उल्टा सिधा टिप्पणि गरेर सच्चा कम्युनिष्टको मानमर्दन गरिरहन्छन् र नेतृत्वले त्यसमा विवेक प्रयोग गर्नुको सट्टा आफ्नै हितैषीमाथि अनुशासनको कार्यवाहीका नाममा पार्टी खण्डित गरिरहन्छन् । तसर्थ निरकर्ष के हो भने जवज आफैमा… Read more »