5
1
vote
Article Rating
https://youtu.be/NCkWbE-CyYg?si=aZ5fJbm0phkKePRm AP1 टेलिभिजनले रोकेको भुषण दाहाल संग चर्चित दुर्गा प्रसाईंको अन्तर्वार्ता
असोज, २७नवलपरासीनवलपरासी वर्दघाट पश्चिम क्षेत्रका नापी पेसा संग आवद्ध प्राविधिकहरुको प्रथम भेला आज रामग्राममा सम्पन्न भएको छ | भेलामा नवलपरासी (ब.सु. प.)जिल्लाका ७ वटै स्थानीय तह, राष्ट्रिय भूमि आयोग , राष्ट्रिय आवासमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राबिधिकहरुको सहभागिता रहेको थियो | भेलाले 'पेसागत ऐक्यवद्धता ; आधुनिक नापीमा प्रतिबद्धता' भन्ने मुल नाराका साथ नापी प्राबिधिक समाज नवलपरासी गठन गरेको छ । शनिबार रामग्राम स्तुपमा आयोजित भेलाले सुनवल नगरपालिकाका नापी प्राबिधिक दल बहादुर ओलीकाे अध्यक्षतामा ११ सदस्यीय नापी प्राविधिक समाज नवलपरासीको तदर्थ समिति गठन गरेको हो | अध्यक्ष, दल बहादुर ओली भेलाले समाजको उपाध्यक्षमा शुसिल रावत ,सचिवमा अमृत भुषाल , सह-सचिवमा नरेन्द्र यादव, कोषाध्यक्षमा अनिल पोखरेल , सदस्यहरुमा निरज प्रजापति ,निरज कुमार पटेल, संजय कुमार गुरौ, अमन गुप्ता, यदु कुमार पुन, स्वस्तिका थापालाई चयन गरेको छ | अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै दल वहादुर ओलीले देशव्यापी रुपमा नापी प्राबिधिकहरुको हक अधिकारको सुनिस्चित गर्दै नापीको क्षेत्रमा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्नृे, त्रुटीहरुको एकीकृत समाधान गर्ने, सबै प्राबिधिकहरुमा एकरुपता ल्याउने, नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने तथा स्थानिय तहका प्राबिधिक तथा प्राबिधिक अध्ययन गर्दै गरेका, सेवामा रहेका र सेवाको अवसर खोजि गरेका सबैलाई समाजमा स्थान दिएर पारदर्शी एवम चुस्त दुरुस्त रुपमा समाजलाई अघि बढाउने बताउनु भएको छ । समाजले आगामी दिनमा नापी प्राबिधिकको क्षमता अभिवृद्धि गर्न बिशेष कार्यक्रम तथा तालिमहरु समेत संचालन गर्ने बताएको छ ।
पौष २३, वेलवासन्यु भिजन फाउन्डेसन, बुटवल १३ को १० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ | सामाजिक कार्यमा सहभागिता मुलक समाज निर्माणको उद्देश राखेर स्थापना भएको फाउन्डेसनको साधारणसभाबाट निर्माणाधिन भवन निर्माण एक वर्ष भित्र सम्पन्न गर्ने निर्णय गरेको छ | खुल्ला सत्रमा प्रमुख अतिथिको रुपमा उपस्थित बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, वडा न १३का जनप्रतिनिधिहरु लाल वहादुर गुरुङ तथा मन्दिरा गौडेल, फाउन्डेसनका संरक्षक जिवलाल पन्थी, सल्लाहकरहरु पुरुषोत्तम वस्याल, दण्डपाणी खनाल, वेद प्रसाद गैरे, खुमानन्द पौडेल, कर्सो नेपालका अध्यक्ष खिमानन्द पौडेल लगायतले सम्बोधन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान साथै आजिवन सदस्य ज्यूहरुलाई र फाउन्डेसनले सन्चालन गरेको टेलरिङ तालिममा स्किल टेष्ट उत्तीर्णलाई प्रमाणपत्र प्रदान गरिएको थियो । फाउन्डेसनका अध्यक्ष विष्णु प्रसाद भुषालको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा फाउन्डेसनका महासचिव मोहन बस्यालले सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष कमल खनालले स्वागत गर्नुभएको थियो | साधारणसभाको बन्द सत्रले, अध्यक्ष महासचिव र कोषाध्यक्ष को प्रतिवेदन समेत पारित गरेको छ |
बुटवल, बैशाख २६बुटवलमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारको गाडीमा आक्रमण गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्षका उम्मेदवार देवी रेग्मी सवार रहेको वा २० च ६७८५ नं. को ईसुजुको डबल क्याप गाडीमा सोमबार साँझ ८ बजेतिर आक्रमण गरेका हुन्।बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ नं. को स्कुटरमा आएका तिनजनाको समुहले एकाएक गाडीमाथी ढुंगा प्रहार गरेका थिए। उनिहरुको ढुंगा प्रहारबाट गाडीको अगाडीको शिशा फुटेको छ। आक्रमणपछि गाडीलाई प्रहरीले सुरक्षामा राखेको छ भने आक्रमणमा संलग्नहरु फरार रहेको प्रहरीले जनाएको छ।नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफु पराजित हुने निश्चित भएपछि एमालेका उम्मेदवार माथी सांघातिक आक्रमणमा उत्रिएको बताए।केसीले एमालेले नगरप्रमुख उपप्रमुख सहित वडा अध्यक्ष र सदस्यहरु जित्ने निश्चित भएपछि नेपाली कांग्रेस पराचित मानसिकतामा पुगेको भन्दै यस्ता घृणित कार्यहरु तत्काल रोक्न र आक्रमणकारीहरुलाई पक्राउ गरि कारवाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरे।निर्वाचनमा पराजित हुने भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु सुनियोजित रुपमा एमालेका उम्मेदवार माथी नै आक्रमणमा उत्रिनु निन्दनिय भएको उल्लेख गर्दै यस्ता घटनाबाट विचलित नभई निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित हुन एमाले नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो। केसीले विपक्षीहरुको घृणित कार्यबाट उत्तेजित नभई संयमता पुर्वक मतदाताको घरघरमा पुग्न कार्यकर्तालाई आग्रह गरे।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले घटनाबारे आफुलाई बुटवल प्रहरीले हालसम्म जानकारी नगराएको र के भएको रहेछ बुझ्ने बताए।
यथार्थ तथ्य तथा जनउत्तरदायी अनलाइन पत्रीका जितगढी न्युज डटकम |
Address : Butwal -13, Belbas, Rupandehi
Province-5, Nepal
Contact : (+977) 9866145614
E-mail : newsjitgadhi@gmail.com
अध्यक्ष : विकास जंग बस्न्यात
प्रवन्ध निर्देशक : ई. शिशीर ज्ञवाली
व्यवस्थापक : नव पुष्पजित भण्डारी
प्रधान सम्पादक : ई. नव सुजित भण्डारी
©2018-2022 All right reserved @Jitgadhinews.com | Technical Support: Tech Everest
©2018-2022 All right reserved @Jitgadhinews.com | Technical Support: Tech Everest