२४ चैत्र, पोखरा ब्युरो
देश कोरोनाले ठप्प भएको बेला र स्वास्थ सामाग्री खरिद प्रकरणले नेकपा नेतृत्वको सरकारमाथी प्रश्न उठीरहेको बेला नेकपाका कार्यकारी अध्यक्ष पुस्प कमल दाहालले पार्टीलाई बचाउ गर्नु त कता हो कता आफ्ना नजिकका मिडियालाई सरकार बिरुद्द प्रयोग गरेर सरकारलाई अलोकप्रिय बनाएर सरकार ढाल्ने खेलमा लागेको भन्दै नेकपामा पुर्व एमालेका नेताहरु प्रचण्ड बिरुद्ध खुलेरै मैदानमा उत्रिएका छन् ।
नेकपाका युवा नेता माधव बास्तोला लगाएतले खुलेर प्रचण्डको कार्यशैलीको बिरुद्धमा उभिएपछी नेकपामा खैलाबैला भएको छ । यसले नेकपामा लाईन स्पस्ट पार्ने र नेकपामा उथल पुथल ल्याउने संकेत गरेको कार्यकर्ता तहमा अड्कलबाजि सुरु भएको छ ।प्रचण्डको कारण पार्टी धरासायी बन्न लागेको निस्कर्ष निकाल्दै नेकपा भित्रका पुर्व एमालेहरु संगठित भएर प्रचण्डको बिरुद्ध उत्रिएका हुन्।
हेर्नुस पुर्व युवासघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा हाल राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवम मदन भण्डारी फाउन्डेसन कास्की जिल्ला अध्यक्ष माधव वास्तोलाको फेसबुकमा प्रकाशित विचार :
सहि कुरा