बुटवल, असार २०
बुटवल उपमहानगरपालिकाले “बुटवल मण्डप” को नाम गिरिजा प्रसाद कोईराला बुटवल मण्डप राख्ने प्रस्ताव बहुमत सदस्य सहित नगर सभाबाट पारित गरे पछि यसको चौतर्फी आलोचना भएको छ | नेपाली काङ्ग्रेसबाट बुटवलको मेयरमा निर्वाचित खेलराज पाण्डेले नितितथा कार्यक्रममा समेटेर नगर सभाबाट नाम परिवर्तन गर्ने निर्णय पास गरेका हुन |
यता आज बुटवलमा क्रियाशिल विभिन्न ७ राजनैतिक दलहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै बुटवल मण्डपको नाम परिवर्तन गर्ने प्रस्ताव तत्काल फिर्ता गरेर पूर्ववत नाम नै कायम राख्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ ।
नेकपा एमालेका नगर अध्यक्ष किशन ज्ञवाली, राष्ट्रिय जनमुक्ति पार्टिका मेक बहादुर सारु, मंगोल नेशनल अर्गनाइजेसनका खिम बहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टिका राम शंकर गुप्ता, नेपाल कम्युनिस्ट पार्टिका एन वि शाही, राप्रपाका लक्ष्मण प्रसाद श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका बाबुराम आचार्यद्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको बिज्ञप्तिमा बुटवलका जनताको भावनात्मक अपनत्व र ऐतिहासिक पहिचान संग जोडिएको नाम भएकोले नाम परिवर्तन किमार्थ स्विकार्न नसकिने बताईएको छ |
नाम परिवर्तनकै विषयमा बुटवलका उद्योगि तथा व्यवसायीहरुले समेत संयुक्त बिज्ञप्ति जारी गरि आपत्ती जनाएका छन |
ho ho name ferna hunna