को हुन त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरि ?
बुटवल : राजनैतिक आन्दोलनहरुमा अग्रता रहने क्षेत्र हो रुपन्देहि जिल्ला त्यसको अगुवा हो बुटवल जुन सधै राजनितीको केन्द्रमा रहने गर्छ | पछिल्लो निर्वाचन पछि समेत रुपन्देही जिल्ला क्षेत्र न २ भाग्यमानी सावित भएको छ | संघ तर्फ विजय भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल उपप्रधानमन्त्री सहित नेकपा एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै अर्थ मन्त्रालय सम्हालेका छन भने सोहि निर्वाचन क्षेत्रको ‘क’ प्रदेश क्षेत्रबाट विजय भएका लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन |
निर्वाचन अघि जो एमालेबाट सम्भावित मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिएका गिरि सत्तारूढ शक्ति विच केन्द्रमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि गिरीले नेतृत्व गर्ने पक्का पक्की भएको थियो | एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशका सह ईन्चार्ज लिला गिरिलाई एमाले२९, माओवादी १०, राप्रपा ४,नाउपा४, जसपा३, स्वतन्त्र २, जनमत ३, लोसपाको ३ गरि जना ५८ प्रदेश सभा सदस्यको समर्थन रहेको छ |
यसअघिको शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका गिरी एमालेको यस क्षेत्रका सिनियर नेता समेत हुन ।
लुम्बिनी प्रदेशमा एमालेबाट मुख्यमन्त्री लिला गिरी आखिर को हुन त ?
बि स २०११ साल चैत १४ गते आमा केशवकुमारी गिरि र बुवा बुद्धि नाथ गिरि को सुपुत्रका रुपमा लिला गिरि रुरु गाउँपालिका -५ गुल्मीमा जन्मीएका थिए । गिरि हाल आफ्नो श्रीमती इन्दिरा गिरि र छोरासँग तिलोत्तमा नगरपालिका वार्ड न १ रुपन्देही मा बस्दै आइरहेका छन । उनिका २ छोरी र १ छोरा रहेका छन उनीहरु सबै बिवाहित हुन । गिरि बि स २०२२ सालमा १२ बर्ष को उमेरमै राजनितिक चेतना जागेर जन्मस्थान गुल्मी रुरु गाउँपालिका ( साबिकको बम्घा गाबिस) मा तत्कालीन पन्चहरुका विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरु संगै आन्दोलनमा सहभागी भएका थिए ।
गुल्मीबाट ०३४ सालमा रुपन्देहीको शंकर नगर १ मा ( हाल तिलोत्तमा नगरपालिका-१ ) बसाइँ सरेर आएर यतै राजनीतिक र सामाजिक काममा हालसम्म नै उत्तिकै सक्रियतापूर्वक निरन्तर क्रियाशील रहेका छन् । उनी बहुदलीय ब्यवस्थाको पहिलो शंकरनगर गाउँ बिकास समितिको जननिर्वाचित अध्यक्ष भएका थिए | अध्यक्ष हुँदा नेपालकै उत्कृष्ट गाउँपालिका बनाएका थिए । सहिद श्री गगालाल पुस्तकालयको महासचीव, क्रान्तिकारी बुद्धिजिवि संघ, शिक्षक संगठन ,युवा सक्रिय दल, दक्षिण एसियामै ऎतिहासिक मानिने सोह्र – छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सारिक भएर किसान बामपन्थी राजनीति प्रवाह गरेका थिए । उनले किसानहरुलाई पार्टी मा आवद्ध गर्न, संगठित गर्न अभियानको नेतृत्व गर्दै सरिक बनाएका थिए ।
बि सं २०६१ माघ १९ गते तत्कालीन राजा बिरेन्द्रको हत्या भएपछी राजा बनेका ज्ञानेन्द्रले शासन सत्ता हातमा लिगेका थिए | यसलाई शाही `कु´ संज्ञा दिंदै रुपन्देही मा पनि बिरोधि भएको थियो । उक्त बिरोध मा गिरिले रुपन्देही बाट नेतृत्व गरेका थिए । उनी विरोधमा २०६१ माघ २७ गते पक्राउ परेर जेल चलान भएका थिए उनि २०६१ माघ २७ देखि २०६२ बैशाख २८ गते सम्म जिल्ला कारगारमा पनि जेल यातन भोगेका थिए ।
गिरि बि सं २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सहि समयमै जिल्ला बाममोर्चाको सदस्य ,२०४७ सालमा पार्टी एकिकरण भएपछी बनेको नेकपा एमाले को जिल्ला कमिटी सदस्य, बि सं २०५६ मा रुपन्देही जिल्ला उपसचिव, बि सं २०५८-०६१ सम्म एमाले रुपन्देही जिल्ला कमिटीको कार्यवाहक सचीव, ०६१-०६६ र ०६६ – ०६९ सम्म एमाले रुपन्देही जिल्ला सचीव ( पार्टी जिल्ला प्रमुख ) र पार्टी जिल्ला अध्यक्ष भएका थिए ।
गिरि बि.सं २०६९ सालमा एमालेको साबिक लुम्बिनी अञ्चल समन्वय कमिटी को सदस्य, संगठन बिभाग प्रमुख बि सं २०६९-७० सम्म अञ्चल कमिटी सदस्य, नवाै राष्ट्रिय महाधिबेशनमा क्रेन्दिय कमिटीमा सदस्य निर्वाचित भएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता सँगै बनेको नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष थिए । हाल नेकपा एमालेको दशौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी पोलिटब्युरो सदस्यमा निर्वाचित र लुम्बिनी प्रदेश सह इन्चार्जका रुपमा छन ।
२०७४ साल मंसिर २१ गते सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेस प्रतिस्पर्धी गरेका काजीमन श्रेष्ठलाई दोब्बर भन्दा पनि धेरै मतले पराजित गर्दै पर्देश सभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीका रुपमा काम गरेका उनी पछी केही समय प्रदेश सरकारकै आन्तरिक मामिला तथा कानुन स्वास्थ्य मन्त्रालय सम्हालेका थिए ।गिरिले स्थानीय उत्पादनको ब्यापार प्रवद्वन गर्नको लागी एक पालिका एक कोसेली घर स्थापनाको साथै पानीको मुहान सुक्न नदिन १ वडा १ पोखरी निर्माण सुरुवात गराएका थिए ।
गिरि कोभिड कालमा प्रदेश सरकारको रुपमा सफल र नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । कोरोना महामारीको सुरुवातमा गिरि को संयोजकत्वमा लुम्बिनी प्रदेशको पहिलो आइसोलेसन अस्पताल बुटवलको धागोकाराखानामा सुरुवात भएको थियोे ।