नेकपा एमालेको युवा सम्बद्ध भातृ संगठन राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीको दोस्रो पूर्ण बैठकले जिल्ला कमिटिका पदाधिकारी तथा कार्यसमिति सदस्यको जिम्मेवारी तोकेको छ ।
क्षेत्रीय सम्योजक, विभागीय प्रमुख, युथ फोर्स देखि साईबर सर्कल सम्मको जिम्मेवारी तोकिएको संगठनको बैठक पछि जारी बिज्ञप्तिमा जनाईएको छ | संगठनलाई विस्तार शुद्धिकरणसहित चलायमान बनाउने उद्वेश्यले कमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाडबाफाड गरिएको सघंका रुपन्देहि जिल्ला अध्यक्ष विकास बस्नेतले जानकारी गराएका छन् ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिब सुमन पुरिको प्रमुख आतिथ्यता रहेको बैठकले साउन पहिलो हप्ता भित्र बुटबल उपमहानगर कमिटी, सिदार्थनगर नगर कमिटी, सैनामैना नगर कमिटी, सियारी गाउं कमिटीको अधिवेशन गर्ने निर्णय समेत गरेको छ |
त्यस्तै मायांदेवी, कञ्चन, गैडहवा गाउं कमिटीको अधिवेशन गर्ने बैठकबाट निर्णय भएको छ । दक्षिण भागमा रहेका ४ बटा पालिका लुम्बिनी, मर्चवारी, समरिमाई र कोटहिमाई गाउं कमिटीलाई भदौ महिनामा संगठन विस्तारसहित दक्षिण जाउ अभियान सन्चालन गर्ने निर्णय भएको अध्यक्ष बस्नेतले बताएका छन । साथै संगठनले मदन जयन्तीको अवसरमा साताब्यापी रचनात्मक कार्यक्रम गर्ने निणर्य गरेको छ ।
असार १३ गते सहकारी विभाग, असार १४ गते साइवर सर्कल, असार १५ गते कृषि विभाग, असार १६ गते क्षेत्र नम्वर २, असार १७ गते क्षेत्र नम्वर १, असार १८ गते क्षेत्र नम्वर ५, असार १९ गते क्षेत्र नम्वर ३ को क्षेत्रीय कमिटीको विशेष कार्यक्रम गर्ने गरि जिम्मेवारी बाडफांड गरिएको छ ।
राष्ट्रिय युवा सघं नेपाल केन्द्रीय कमिटिले सन्चालन गरेको मिसन ग्रास रुट अन्र्तरगत मिसन नेस्ट इलेक्सन, तारकेट न्यु जेनेरेसनलाई रुपन्देही जिल्ला कमिटिले विशेष अभियानका रुपमा सन्चालन गर्ने बताईएको छ । बैठकमा राष्ट्रिय युवा सघं नेपालका महासचिब सुमन पुरी, नेकपा एमालेका रुपन्देही सदस्य तथा युवा इन्चार्ज नकुल शाही ठकुरी, केन्द्रीय सदस्य किरण नेपालको आतिथ्यता रहेको थियो |
कमिटिको तर्फबाट सहसचिव नवराज थापा, उपाध्यक्ष दिपक खड्कीले समेत आफ्नो भनाई राखेको बैठकको अध्यक्षता कमिटी अध्यक्ष विकास जंग बस्नेत तथा सन्चालन सचिव दिपेश कडेलले गरेका थिए |