प्रदेश नम्बर ५ ले कोरोना भाइरस सम्बन्धि प्रदेशभरका सूचना संकलन तथा सम्प्रेषन गर्न मोबाइल एपको विकास गरेको छ ।
यो एपबाट डाउनलोड गरेर साइनअप गरेपछि कोभिड १९ अर्थात कोरोना भाइरस बारे आफ्नो तथा अरुको विवरण पठाउन सकिनेछ ।
यो एपमा लोकेसन सहितको स्वास्थ्य विवरण संकलन हुने भएकाले स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्दत गर्नेछ ।
विदेशबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा बसे नबसेको विवरण पनि यस एपको मार्फत फठाउन सकिने मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेर बहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो एपबाट कोरोना भाइरससँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय तथ्यांक एवं समाचारहरु समेत पाउन सकिने छ । अहिलेलाई यो एप प्रदेश नम्बर ५ मुख्यमन्त्रीको पोर्टलबाट डाउनलोड गर्न सकिने छ । भने सोमबार देखि यो एप गूगल प्लेस्टोरमा उपलब्ध हुनेछ ।