२४ चैत्र
कोरोनाको रोकथामको लागि सरकरले घोषणा गरेको लकडाउनको समय सिमा २५ गते सकिदैछ |कोरोनाले निम्ताएको विपदको बेला मौन बसेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने सम्भावना रहेको प्रधानमन्त्रीका एक सहयोगीले बताएका छन |
प्रधानमन्त्रीले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर कोरोना नियन्त्रण तथा रोकथामसम्बन्धि कामको जिम्मेवारी दिएका छन् । दुई साताअघि प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । त्यसयता प्रधानमन्त्री ओली यसबारे बोलेका छैनन् । आलोचना भएपछि उनले सम्बोधन गर्न लागेका बताईएको छ ।
जसअनुसार आजै साँझ प्रधानमन्त्रीको सम्बोधन आउने सम्भावना छ । लकडाउन २ बैशाखसम्म लम्बाएर प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ तर औपचारिक जानकारी भने दिइएको छैन |