५ बैशाख , बुटवल ,जितगढी न्युज
लामो लकडाउनबाट अत्तालिएर विभिन्न क्षेत्रबाट लामो दुरि हिडेर पार गरिरहेका यात्रुहरुलाई शनिबार बुटवलमा खाना सहित यात्राको लागि ब्यवस्था गरिएको हो | बुट्वल उपमहानगरपालिका र वडा न १२ को व्यवस्थापन र सक्रियतामा तामनगर स्थित क्वारेन्टाइन रहेको कोरिया नेपाल ईन्स्टिच्युट अफ टेक्नोलोजीमा खानाको ब्यवस्थापन गरिएको हो |
शनिबार दिउँसो २७ जना लाई खानाको व्यवस्था गरि दाङ पठाईएको थियो । भने राती करिब ९:३० बजे २ बस दाङ, बाके , सुर्खेत, सर्लाही, प्युठान, रोल्पा गरि ९० जना यात्रुको ब्यवस्थापन गरिएको हो |
यता पैदला आएका सम्पुर्ण यात्रुको स्वास्थ्य जाँच समेत गरिएको छ विभिन्न स्थानबाट बुटवल प्रबेश गरेका पैदल यात्रुको चेकजाँच गर्दा ज्वरो आएका १७ जना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको छ |