जितगढी न्युज, १४ बैशाख
केही दिन अघि दुई फरक धारका पार्टीको रहस्यमय एकीकरणले देशमा तरंग ल्याएको छ | ६ जना अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी र पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादव रहेको संघीय समाजवादि पार्टी मिलेर एकीकरण गरि नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदेन पेश गरेका छन |
पार्टी एकीकरणको दस्तावेजमा राखिएको “बहु रास्ट्रिय राज्य” को देशभर व्यापक बिरोध भैरहेको छ | यसै बिच आज एक समुहले सो शब्दावली संविधानको विभिन्न धाराको मर्म बिपरित भएको दावी सहित दल दर्ता न गर्न माग गरि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ |
राष्ट्रिय युवा संघ नेपालका नेता अमित लामा र अधिवक्ता बिपिन ढकालले निर्वाचन आयोगमा दल दर्ता विरुद्ध उजुरि दर्ता गरेका हुन | संविधानको धारा १,२,३,४,५ र २६९(५) को भावना र मर्म बिपरित भएकोले दल दर्ता प्रक्रिया रोक्न माग गरिएको हो |
त्यसै गरि दलले प्रस्ताव गरेको झण्डा अफ्रिकाको देश बुर्किना फासो संग मेल खाएकोले त्यसले नेपालको परराष्ट सम्बन्ध र कानुनको उल्लंघन हुने दावी गर्दै समेत सो दल दर्ता रोक्न माग गरिएको छ |
निर्वाचन आयोगमा दल दर्ता रोक लगाउन निवेदन दर्ता गरेपछी जितगढी न्युज संग कुरा गर्दै अधिवक्ता बिपिन ढकालले रास्ट्रको एकता र अखण्डता माथी देश भित्र र बाहिरका शक्ति केन्द्रको कुनियत रहि सो प्रकारको दल दर्ता गरेको एकता घोषणा पत्रले प्रमाणीत गरेकोले आफुहरु दल दर्ताको विरुद्ध कानूनी उपचार खोज्नु परेको बताएका छन |