काठमाडौँ – सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो।
२५ गते वुद्धजयन्ती समेत परेको हुँदा वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवक को मनोबल बढाउन, सन्क्रमितहरुको स्वास्थ्यलाभको कामना गर्न तथा सन्सारभर मृत्यु भएकाको आत्माको शान्तिको कामना गर्न दीप प्रज्वलनको आह्वान गरिएको प्रधानमन्त्रीको निजि सचिवालयले सामाजिक संजालमा जारी गरेको पोस्टमा जनाईएको छ ।