अादरणीय देशभक्त दाजुभाइ तथा दिदीबहिनीहरु ,
हाम्रो देशका सिमानाहरु बारम्बार मिच्दै अाएकाे छिमेकी भारतले महाकालीपूर्व नेपाली भूभाग रहने सुगौली सन्धीविपरित भारतीय सत्ताले लिपुलेक क्षेत्रमा दशकौंदेखि गरेको अतिक्रमण र केही वर्षदेखि नेपाली भूभागमा बनाएको बाटो उद्घाटन गरेर आफ्नो मिचाह र हेपाह प्रवृतिलाई निरन्तरता दिएकोमा नेपाल सरकारले परराष्ट्रमन्त्रालयमार्फत आपत्ति जनाएको छ भने हाम्रो पार्टी नेकपाले पनि याे कदमकाे कडा शब्दमा बिराेध गरेकाे छ । यस्का लागि पार्टी र सरकारलाई धन्यवाद भन्दै यहाँ भारतले मिचेको जमिन फिर्ता लिन सरकारले अब देशका सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाउँदै संसदमा संकल्प प्रस्तावलगायत अरु कडा कदमहरु चाल्न आवश्यक छ ।
विस्तारवादी भारतीय सत्तालाई झुकाएर आफ्नो जमिन फिर्ता लिन जनताले विश्वास गरेको वर्तमान सरकारले अन्तराष्ट्रिय समुदायसंग साथ लिएर कडा र आवश्यक कुटनैतिक कदम चाल्नेछ भन्ने विश्वास गर्दै हाम्रा सत्ता स्वार्थहरु जाती र पार्टी भन्दा माथि उठेर सरकारलाई सम्पूर्ण हिसाबले साथ दिनु आवश्यक छ । सरकारलाई हाम्रो अाग्रह छ तत्काल सिमा क्षेत्रमा हाम्राे सुरक्षा फाैज लगि तहा क्याम्प राखाै र हाम्राे जमिनकाे रक्षा गराै ।पहिलै सिमामा शसस्त्र पुलिसको पाेष्ट राख्ने सरकारकाे निर्णय यहाँ कस्का कारणले राेकियाे र भएन ? सरकारको निर्णय त भएको भन्ने हामीले सुनिरहेका थियाै !
यस्ता बिषयमा पनि सरकारका सम्बन्धित निकाएका मान्छेहरु सचेत हुनु जरुरी छ । अहिले हाम्रा मिचिएका र गुमेका भुमीहरु फिर्ता लिने सहि माैका पनि हाे । याे माैका हामीले गुम्न दिनु हुन्न । तसर्थ हामी सबैले एकठाउमा उभिएर एकीकृत पहलुकाे जरुरी छ । अर्को तिर सिहंदरवार अगाडि केही चिनीयाहरुले अाफ्नाे देशकाे फिर्तीकाे माग गरि लकडाउनकाे अादेश ताेड्दै जे गरे त्याे बिषयले पनि निक्कै गम्भीर बनाएकाे छ ।लकडाउनका बेला तहासम्म दर्जनाै विदेशी नागरिकहरुलाई सिहदरवासम्म कस्ले अाउन दियाे ? र किन दिईयाे खाेजी गरि कार्वाही हाेस् । र, ती बितन्डाकारी चिनियाहरुलाई पनि कडा कारवाही गरियोस् । तिनीहरु अाफ्नाे देश फिर्ता जाने र जान नपाएको भए त अाफ्ना राजदुतावास अगाडि पाे प्रदर्शन विराेध गर्ने हाेली नी । यी चिनीयहरुकाे हेपाहा शैलीकाे जति निन्दा गरे नि कम हुन्छ ।
खैर! जुनसुकै नाममा भएको मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभीमानकाे रक्षाका लागि एकजुट बन्नु पर्ने बेला अाएकाे छ । अरु बिषयमा राजनीति गर्दै गराैला । देशकाे स्वाधीनता र स्वाभीमान दुखेका बेला हामी सबैलाई दुख्नु पर्छ । हामी एकजुट हुनुपर्छ ।सम्पुर्ण राजनीति दलहरु , नागरिक समाज लगायत सम्पुर्ण वर्ग ,क्षेत्र र लिङ्गका जनताहरुलाई एकजुट भएर मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध उभिन हार्दिक अपील गर्दछु ।
सह- संयाेजक ,
राष्ट्रिय युवा संघ, नेपाल