जितगढी न्युज
२९ बैशाख, बुट्वल
प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन (पिन) प्रदेश न ५ ले लकडाउनको समयलाई ईन्जिनियरहरुमाझ सिकाईको समयको रुपमा बिकास गरिरहेको छ | लकडाउनको कारण सबै सेवा र व्यवसाय मन्द छ , ठप्प छ र ईन्जिनियरिङ पेशा र व्यवसाय पनि अछुतो छैन |
अस्त व्यस्तको समयमा ईन्जिनियरहरुको ज्ञान तथा जानकारीमा अध्यावधिक तथा नयाँ ईन्जिनियरहरुमा समेत सहयोग होस भन्ने हेतुले भर्चुअल ट्रेनिङ सन्चालन गरिरहेको हो |
गत शुक्रवार “जीवन सन्चालनमा आर्थिक व्यवस्थापन” शिर्षकमा पिन प्रदेश न ५ का सचिवालय सदस्य तथा सफल व्यवसायी ई. छविन्द्र भट्टराईले प्रशिक्षण दिनु भएको थियो भने ” बायो ईन्जिनियरिङ ” को बिषयमा शनिवार सगरमाथा ईन्जिनियरिङ कलेजका सिभिल विभाग प्रमुख ई. अरुण प्रसाद पराजुलीले प्रशिक्षण दिनु भएको थियो |
त्यसै गरि शनिबारबाटै तीन दिनको “एड्भान्स एक्सल प्रोगामिङ” को बारेमा नेपाल विद्युत प्राधिकरण, गण्डकी प्रदेश कार्यलयका सहायक प्रवन्धक तथा नेईए प्रदेश न ५ का कार्यकारिणी सदस्य ई. रामु श्रेष्ठले प्रशिक्षण दिनुभएको छ |
प्रशिक्षणहरुमा ईन्जिनियरहरुको अत्यन्त उत्साह जनक उपस्थिति र सहभागिताले थप यस खालका कार्यक्रम गर्न उर्जा थपेको पिन प्रदेश न ५ का सचिवालय सदस्य तथा कार्यक्रम सम्योजक ई. छविन्द्र भट्टराईले बताउनुभएको छ |
प्रशिक्षणमा अभिभावकिय उपस्थिति जनाउनुभएका पिन प्रदेश न ५ का ईन्चार्ज ई. दुजेन्द्र बस्नेतले लकडाउनले संसारलाई प्रविधि मैत्री बनाएको र प्राविधिकहरु झन प्रविधि संग रमाउने भएकोले, प्रविधिकै प्रयोग गरि भैरहेको प्रशिक्षणले ईन्जिनियरहरुमा थप उर्जा थप्ने बिश्वास व्यक्त गर्नुभएको थियो |
पिन प्रदेश ५ का अध्यक्ष ई. जीवन अर्याल तथा सचिव ई. अरुण खनालको सहजीकरण गरिरहनु भएको प्रशिक्षणमा प्राविधिक रुपमा सचिवालय सदस्य आ. दिपक भट्टराई तथा ई. सुगन्ध सुवेदीले साथ दिनुभएको छ |