जितगढी न्युज
३० बैशाख, बुटवल
रुपन्देही र कपिलवस्तुमा कोरोना सन्क्रमित अत्यधिक मात्रामा बढे संगै बुटवलको कोरोना अस्पतालको आईसोलेसनमा २०० शैया थपिने भएको छ |
मंगलबार बसेको लुम्बिनी प्रादेशिक कोरोना अस्पताल सन्चालन गर्ने समितिको बैठकले सो निर्णय गरेको हो | प्रदेश न ५ का उद्योग , पर्यटन , वन तथा बाताबरण मन्त्री माननीय लिला गिरी ज्युको संयोजकत्वमा बसेको बैठकले निर्णय गरेको हो |
बुटवल धागोकारखाना अस्थायी कोरोना अस्पताल सन्चालनको जिम्मा प्रदेश सरकारले मन्त्री लिला गिरिलाई प्रदान गरे सङै यस अघि अस्पतालमा आईसोलेसनमा आईसियु तथा भेन्टिलेटर थप गरिएको थियो |
अस्पतालको सन्चालन तथा व्यवस्थापन गर्न बनाईएको समितिमा बुटवल उपमहानगरपालिका प्रमुख श्री शिवराज सुवेदी , तिलोत्तमा नगरपालिका प्रमुख श्री बासुदेब घिमिरे, रुपन्देही प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख, देबदह मेडिकल कलेजको प्रमुख , तिलोत्तमा स्वास्थ माहाशाखा प्रमुख सदस्य हुनुहुन्छ भने लुम्बिनी प्रादेशिक अस्पताल मे.सु. डा.राजेन्द्र खनाल सदस्य सचीव रहनु भएको छ |
आजको बैठकमा प्रदेश न ५ सम्सदको अर्थ, उद्योग, पर्यटन समिति सभापति माननीय दधिराम न्यौपाने र लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईको आमन्त्रित सदस्यको रुपमा उपस्तिथि रहेको थियो |