भारतमा भएका सवै नेपालिलाई सिमामा ल्याएर नेपालतिर पठाउने र ब्यबस्थापन राम्ररी गर्न नसकेको भनी जनता भड्काउने,पत्रकार र मिडियाले न्वारनदेखिको बल लगाएर त्यसलाई हाईलाइट गर्ने।त्यही मौकाको फाइदा उठाउदै यी बिभिन्नखाले कर्मिहरु र अरुको दाना खाएर अस्थिरताको ठेक्का लिएकाहरुले आन्दोलन उचाल्ने ।सरकारलाई पूर्ण रुपमा अल्मल्याउने र सिमातिरको कुरा उठाउने मौकै नदिने।
दुनियाँ सामु अब कुनै थप प्रमाण पेश र फोटो प्रदर्शनिको जरुरत छैनकी केपि ओलिले नेतृत्व गरेको नेकपाको यो सरकार इतिहाँसमै सवैभन्दा बढी राष्ट्रवादि, आफ्नो देसको सिमारक्षा र राष्टियताका सवालमा कुनैपनी शक्तिसङ्ग घोसे मुन्टो नलगाई टक्कर लिन सक्ने सामर्थ्य राख्दछ। वादलुको घुम्टोभित्र अनुहार लुकाई पहेंला पात र पराईकै इच्छामिश्रित कर्कस र धोद्रा स्वरका तानाबानाले एकढिक्का हाम्रो समाजलाई दम्श गरि छिन्नभिन्न र क्षुण पार्न सकिन्छकी भनी दक्षिणा लिएर लागि परेका मुर्कट्टाहरु बाहेक अरु सवैलाई यो कुराको अवगत भै नै सकेको छ।तर आफ्नो पद प्रतिष्ठा, ओहोदा र मर्यादाको समेत ख्याल नगरी राजदुतावास धाउने र राजदुतको चाकरिमानै अधिक काल ब्यतित गरेर मूलुकको छातिमा बिदेशी बुट बजृदा र नेपाली सपूतको छाती गोलिले छिया छिया हुँदासमेत कुनै बिरोधको त कुरै छोडौं , एक अनुच्छेदको विज्ञप्ती छाप्न नसक्ने हुतिहाराहरुलाई भने यो यथार्थ स्विकार्न तिनका मालिकलाई भन्दानी पीडा र छटपटाहट हुनेछ। हुँदैछ। यहि देशमा अझ अचम्म र उदेक लाग्दो कुरा त के छ भने केही यस्ता नेता र पार्टी छन,जो अरुबेला भयंङ्कर ठूलाठूला गुड्डी हाँक्छन!सरकारलाई चुनौती दिन्छन।
हामी बाहेक अरु कसैले नेपाल र नेपालिको भविस्य निर्माण गर्नै सक्दैन भन्छन।जसरी हुन्छ, जो गुहारेर हुन्छ सत्ता र कुर्चिमा जान हरदम अनेक बाटा अपनाई रहन्छ्न। दिनरात भाडाका मिडियामा भुकिरहन्छन। तर अफसोच ! जब देशलाइ आपत आईलाग्छ,जनतालाइ दुख पीडा र कष्टले घेर्न थाल्छ तब ती भीमकाय नेताहरु कहाँ हुन्छन! तिनको पार्टी कहाँ ओथारो बस्छ? स्थिती नसुध्रेसम्म न ती नेताको सास भेटिन्छ,न तिनको पार्टिको भुत्ला? त्यत्रो भुकम्पले नेपाल थिलोथिलो हुँदा कहाँ गुमनाम भए तिनिहरु? तराईको त्यत्रो टोर्नाडोमा कुन ध्यान केन्द्रमा थिए? बाढिले बर्सेनि तराई डुवान हुँदा कुन लोकमा बसाइ गर्छन ती? भारतिय नाकावन्दिमा बोर्डरमा बसेर हाम्रो दानापानी रोक्न दिलोज्यान लगाउनेहरु, सिमा मिचिदा र भुमी अतिक्रमण हुँदा किन चुँ बोल्दैनन। कि बचाउन चाहिँ यीनिहरुले नपर्ने चलाउन मात्रैचाहिने हो? मधेसको नाममा सयौंको कुर्वानी चढाउनेहरुले सिङ्गै देस दुख्दा ती सोझा, ईमान्दार र देशभक्त मधेसी दाजुभाइ दिदिबहिनिहरुलाई किन एक शब्दको प्रेरणा प्रदान गर्दैनन तिनिहरु! के सिङ्गो नेपाल र नेपालीको भबिस्य बनाउने जिम्मा सवैको हैन र? सुख दुखमा सहकार्यको दायीत्व जोसुकैमा झल्किनुपर्ने होइन र? जून दिसाको भएपनी,जहाँको भएपनी सिमा र भूमी जोगाउने जिम्मा हामी सवैको हुन आउदैन र?यी बाहेक अन्य बिषय र बेलामा त लिखे प्रसङ्गमा पनि ट्याँ ट्याँ र टुर टुर बढिनै आउँछ त! यस्ता विषयमा कहिल्यै बोल्न चल्न नहुने यो को प्रतिको कस्तो भक्ती हो?
हाम्रो भूमी फिर्ता गर्न, सिमा अतिक्रमणको बिरुद्ध वर्तमान सरकारले चालेका कदम र थालेका कुटनितिक पहल साँच्चै गर्व गर्न लायक, हाम्रो बीरतापूर्ण इतिहासलाई जिउंदो राख्ने र पूर्खाको पौरखमा जलप लगाउन सक्षम छन। केवल राजदुत र राजदुतावास मार्फतै नेपालको सत्ता र सरकारलाई तहनहस पार्दै आईरहेको भारतिय नेतृत्वलाई वर्तमान सरकारले बिज्ञप्तिमार्फत दिएको चेतावनी,मन्त्रालयमा बोलाएर भारतिय राजदूतलाई लिईएको स्पष्टीकरण र दिईएको कुटनितिक नोट तथा तत्काल स्थापना गरिएको सिमा सुरक्षापोष्ट र वार्ताको निम्ति कुरिराख्न नसक्ने परराष्ट्मन्त्रीको हुङ्कारले हेपाहा र बिस्तारवादी भारतिय नेतृत्वलाई हाईभोल्टेजको झड्का लागेको छ।
नेपाल सरकार र नेपाली नेताहरुको तर्फबाट अहिलेपूर्व भारतले कहिल्यै फेस नगरेको र नदेखेको प्रतिकृया, अडान र राष्ट्रियता एवम स्वाभिमानको पक्षमा स्पष्ट दृष्टिकोणले भारतिय सरकार र प्रधानमन्त्री नरेन्द्र मोदिलाई निकै अप्ठ्यारो परिस्थितिमा धकेलिरहेको छ।नेपालले चाहेको र आह्वान गरेको द्विपक्षिय वार्ता र सहमतिमा सिमा विवाद सुल्झाउने बिषयमा भारत उदासिन देखिनेछ । यस सम्बन्धमा भारतले सकेसम्म आलटाल र ढिलासुस्ती गर्नेछ। किनभने त्यो गर्नासाथ नेपालले सम्पूर्ण सवुद प्रमाणहरु जुटाउने छ र ती कुनैपनी प्रमाणले भारतको पक्षमा बोल्नेछैनन।यो कुरा भारतिय पक्ष र प्रधानमन्त्री नरेन्द्र मोदिलाई पनि अवगतनै होला।अत: वार्ताको टेवलमा बसेर ल यो नेपालको हैछ ! हामीले छाड्यौं भनेर प्र. म.कै मुखारविन्दबाट सहजै घोषणा गर्ने पक्षमा भारतको भित्रि मनसाय बुझिन्न। यहाँका अर्थ न वर्थ सित बोल्ने नेता र विद्वानहरुले भुक्नेजस्तो प्रधानमन्त्री स्तरको बार्ता त्यत्तिकै सहजै र सानो प्रेसरले हुनेवाला छैन। वार्ता हुनत दुवै प्रधानमन्त्री चाहिने होलानी।केपि ओलि मात्रै तम्सेर हुन्छ र वार्ता? रिपोर्ट त बुझ्न नमान्ने मोदि चर्तिकलाका चटकेले बोले झैं भन्नासाथ वस्त्र फेरेर तयार हुन्छन?
भारतिय नेतृत्व यो परिस्थितिलाई गम्भीर रुपमा विष्लेषण गर्दैछ।जुन जुन कोणबाट नियाले पनि अन्तत: तिनिहरुको एउटै र ठोस निष्कर्ष निस्कनेछ! यो सवै हुनुको एउटै कारण नेपालमा नेकपाको बलियो सरकार र यसको दृढ नेतृत्व! तसर्थ भारत तत्कालै उच्चस्तरिय बार्ता होइन यसलाई विभिन्न प्रकारले अल्मल्याउने प्रयासमा लाग्नेछ।सवैभन्दा पहिलेत उसले नेपालमा राखेका र खटाएका आज्ञाकारी मिडिया,केही केही डाक्टर, केही मधेसी, केही जनजाती , केही अभियन्ता ,कानुन र अधिकारकर्मी तथा बुज्रुक राजनितिका प्रवक्ता, पत्रकारहरु समेतको झुण्ड लगाई सरकारको रातदिन बिरोध गर्ने,गराउने।सरकारले केही गरेकै छैन , गर्दैगर्दैन भन्ने, भन्न लगाउने।भारतमा भएका सवै नेपालिलाई सिमामा ल्याएर नेपालतिर पठाउने र ब्यबस्थापन राम्ररी गर्न नसकेको भनी जनता भड्काउने,पत्रकार र मिडियाले न्वारनदेखिको बल लगाएर त्यसलाई हाईलाइट गर्ने।त्यही मौकाको फाइदा उठाउदै यी बिभिन्नखाले कर्मिहरु र अरुको दाना खाएर अस्थिरताको ठेक्का लिएकाहरुले आन्दोलन उचाल्ने ।सरकारलाई पूर्ण रुपमा अल्मल्याउने र सिमातिरको कुरा उठाउने मौकै नदिने।
भारतीय नेतृत्वको दोस्रो प्रयास रहनेछ-यो सरकारको नेतृत्व परिवर्तन।उनिहरुलाई राम्रोसङ्ग थाहा छकी सरकारको यो नेतृत्व परिवर्तन हुनासाथ यो मुद्दा त्यसै तुहियर जान्छ।त्यसैले यसको परिवर्तनका निम्ति पार्टी भित्रैका लोभीपापिहरुलाई एकत्र गर्ने कोसिस गरिनेछ।गोप्य भेटघाट र प्रलोभन आदिलाई तिब्र पारिने छ।त्यो झुण्ड र अरु सवै बिपक्षिहरुलाई पालैपालो सत्ता बाडिखाने सर्तमा भएपनी मिलाउने र यो नेतृत्व कुनैपनी हालतमा अपदस्त गर्ने षड्यन्त्र तथा योजनाहरु प्रयाप्तै हुनेछन।
यो मुद्दालाई मत्थर पार्ने प्रयासकै तेस्रो अभ्यास हुनेछ- नेकपाको फुट।नेकपा बलियो भएकै कारण देशमा अस्थिरताको अन्त्य भएको हो।नेकपा कमजोर हुनासाथ देसमा अस्थिरता निम्तिने निश्चित प्राय छ।देसमा अस्थिरता हुनु भनेको राष्ट्रिय शक्ति कमजोर हुनु र बिदेशी हावी हुनु वा उनिहरुको चलखेल बढ्नु हो।यस्तो भएपछी सवै राष्ट्रिय मुद्दाहरु कमजोर हुन्छन र स्वत मर्छन।यसर्थ कुनैपनी मूल्यमा यो पार्टी फुटाउनैपर्ने उनिहरुको निचोड रहनेछ।त्यसका निम्ति पात्रहरुको खोजी तिब्ररुपमा भएको छ र तालिम तथा बन्दोवस्तिका सामग्री पनि तयार भैसकेका होलान।यस्तो बेलामा नेकपाका सवै आदर्णिय नेताहरु अझै बढी सजग र सचेत हुँदै युगले सुम्पेको ऐतिहासिक जिम्मेवारी पूरागर्नका निम्ति सृजनात्मक रुपमा एक भएर अघि बढ्नुको बिकल्प छैन।
यस्ता मुद्दाहरुमा आम जनता र देशवाशिको अगाध साथ र बिस्वास रहने हुँदा अरु उपायहरु प्राय: असम्भवनै हुन्छन।केही गर्दा उपाय नलागेपछी बिस्तारवादी र साम्राज्यवादिहरु, नेतृत्व र ब्यक्ती हत्याको कायरतापूर्ण अपराधतिर लाग्छ्न।त्यस्ता काण्डहरुलाई तिनिहरुले अत्यन्त रहस्यमय बनाउँछन र अझ सकेसम्मत त्यसको दोष पनि अर्को राष्टवादिलाइ थोपरेर उसलाईपनी अनाहकमा मृत्यु यात जेलमा सडाउँछ्न र राज्यसत्ता हत्याउँछन
हाम्रोजस्तो मूलुकहरुले यस्ता राष्ट्रिय मुद्दाहरु मा अडिग अडान राख्दा र राष्ट्रिय हित र स्वाभिमान खातिर जनतालाई साथ लियर अघि बढ्दा आइपर्ने चौथो समस्या अझ डरलाग्दो र अत्यन्तै भयावह हुन्छ।यसको पीडा पटकपटक हामिले त ब्यहोरी रहेकै छौं र अरु हरुलेपनी भोगेका छन।यस्ता मुद्दाहरुमा आम जनता र देशवाशिको अगाध साथ र बिस्वास रहने हुँदा अरु उपायहरु प्राय: असम्भवनै हुन्छन।केही गर्दा उपाय नलागेपछी बिस्तारवादी र साम्राज्यवादिहरु, नेतृत्व र ब्यक्ती हत्याको कायरतापूर्ण अपराधतिर लाग्छ्न।त्यस्ता काण्डहरुलाई तिनिहरुले अत्यन्त रहस्यमय बनाउँछन र अझ सकेसम्मत त्यसको दोष पनि अर्को राष्टवादिलाइ थोपरेर उसलाईपनी अनाहकमा मृत्यु यात जेलमा सडाउँछ्न र राज्यसत्ता हत्याउँछन।जननेता मदन भन्डारी र जिवराज आस्रित तथा राजा बिरेन्द्रको बंश बिनास त सवैले जानेकै बिषय भयो।हामिले नजानिदो यस्ता घट्नात अनगिन्ती कति छन कति?
हामी जति जति कस्सिएर आफ्नो अतिक्रमित भूमी फिर्ता र सिमा सुरक्षाको निम्ति अघि बढ्दै जान्छौं त्यति त्यतिनै झन बढी हाम्रो राष्ट्र र राजनेताहरुप्रतिको खतरा मडारिंदै जान्छ। सस्तो लोकपृयताको निम्ति अहिले पुलिसको भ्यान नजिकै गएर देशका नेतालाई तथानाम गालिगलौज गर्ने यी नालायक कपूतहरु त तिनकै बिकुवा भरौटे हुन।संसद र समितिमा भोलुम ठूलो पारेर यो सरकारलाई र्याख र्याखती पार्ने नवविद्वानहरुपनी कलाकारिताको असल नमुना मात्रै हो।यीनिहरुको रोल त्यति लामो समय नजान सक्छ।तर चट्टानी अडानका साथ ब्यक्तिगत स्वार्थ र आफ्नो जिवनको कुनै प्रवाह नगरेर सम्माननीय प्रधानमन्त्री केपि ओलि र परराष्ट्मन्त्री प्रदिप ज्ञवाली लगायत सरकारको सम्पूर्ण टीम जुन तिब्रता र दृढताका साथ खटिरहनु भएको छ! यो सम्मानयोग्य छ।यी बाहिर धेरै भुक्नेहरुलाई जनताले पनि चिनिसकेका छन।महाभारतमा आफ्नो वसमा न आउनेलाई कृष्णले आफ्नो बिराट वा भयंङ्कर रुप देखाएर कावुमा ल्याएजस्तो लैनचौर र दिल्लिको रुप देख्नासाथ यी त फताक् फुतुक्क गलेर घुँडा टेकि सक्छ्न। चिच्याहट त केवल कुण्ठा र अहंकार मात्रै हो। त्यसैले नेतृत्वले यसरी दह्रोसंङ्ग खुट्टा टेकेको यो बेलामा हामी सवैले एक भएर नेतृत्वलाई सघाउनु हामी सवैको अहम जिम्मेवारी हो।यसपाली चुक्यौंभने संधै यस्तो नेतृत्व नहुन पनि सक्छ।अनावस्यक आवेश र आवेगमा चिच्याउनी उफृनी र फेसबूकमा तथानाम लेखेर समाज भड्काउँदैमा भूमी फिर्ता हुने र सिमानाको रक्षा हुनिभा त सवै लाग्नै पर्दैनथ्यो।त्योत केही कथित अभियन्ता समूह र केही मिडिया एवम पत्रकार महोदयहरुले अस्तिनै माइतिघर मण्डलामै ल्याइदिईसक्नुहुन्थ्योनी! हामी लेत नेतृत्वलाई आड भरोसा दिने , नेतृत्वको संरक्षण र सुरक्षामा सजग रहने हो नि! यतिबिधी छाडा र अराजक भयर पुग्छौं हामी हाम्रो गन्तब्यमा? अत:उत्तेजना र उच्छृङ्खलता होइन,शृजनशिलता र एकताको खाँचो छ।हामी त एक भएर बिस्तार्वाद र अरिक्रमणका बिरुद्ध लड्नु छ नि! अनि देशकै नेतालाइ गाली गर्ने, हाम्रै नेताको पुत्ला जलाउने ! आपस आपसमै लड्नेलडाउने गरेर आउँछ भुमी फिर्ता? यस्तै तरिकाले हुन्छ, सिमाको रक्षा? यसरिनै काठमाण्डुमा चिच्याएर मात्र सिमा जोगाएका हुन हाम्रो पुर्खाले?आम युवा र सम्पूर्ण नेपालिले यो कुरा बुझौं।हाम्रो भूमी फिर्ता ल्याउने यो अवसर खेर नफालौं। को के र कस्तो भन्ने भन्ने बिषय वहसले होइन ,काम र नतिजाले बोल्नुपर्छ।
लेखक: मदन भण्डारी स्पोर्ट्स एकेडेमी, प्रदेश ५ अध्यक्ष,.. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला कमिटी सदस्य एवं अध्यक्ष, शुद्धोधन गाउँपालिका कमिटी ।