महामारीले सङ्कट लिदै गयो
दुई देशले यो देश दबिदै गयो
तर पनि किन बोलेन सरकार ??
अब देशको मुहार बदलिदै गयो !!
महामारीले धौधौ पार्यो
चिनियाँले सगरमाथा
भारतले लिपुलेक हात पार्यो .
भोलि लुम्बिनी नै नजाला भन्न सकिँदैन!!
काटेमाथि नुनचुक भनेझै जब संकट पर्छ तब वाख्खै गर्नेको कमि हुँदैन भन्ने भनाई एकदमै ठिक छ ।
अहिले देश महामारीको चपेटामा परिरहेको बेला एकातिर सिमानामा सेनामाथि हातपात अर्कोतिर सिमाना मिचेर सडक खनेर रातारात उद्घाटन होइन थोरै सहयोग गरे भन्दैमा धेरै हात पार्न त भएननि ।। यस्तै हो भने आज त सडक मात्र मेरो भन्दै छन् भोलि यो देश नै मेरो हो भनेर हात नपार्लान् भन्ने अवस्था छैन अब।।
उठ जाग नेपाली बचाउ देश चिनाउ नेपालीको पहिचान अहिले नबोले कहिले बोल्ने ??
देशमा महामारी भित्रिसक्यो यस्तो महामारी कि जस्को दाग पनि कहिले मेटिदैन!!
पुर्खाले रातदिन नभनी खाईनखाई ज्यान धरापमा राखेर देश बचाए तर त्यही देश अरुले मेरो हो भन्दा पनि चुपचाप केही नबोल्ने आँखिर किन??
कहिले सम्म अरुको मात्र आस गर्ने??
कहिले सम्म अरुको ईसारामा नाच्न पर्ने हामी नेपालीलाई??
होइन आज देश गरिब भयो भन्दैमा छिमेकीले हक जमाउन पर्छ भनेर कुन शास्त्रमा भनिएको छ फेरि यत्रो काण्ड हुदा पनि किन नबोल्ने?? कुर्चिमा बस्दैमा एक औँला ठड्याउदैमा केही हुँदैन काम गर्न पर्छ जनताको मन जित्न ।।
अब चाईनाले सगरमाथा मेरो भन्न लागिसक्यो होइन यति सानो देशलाई दुई देशले बिचमा पारेर गर्न खोजेको के हो?? बेलैमा होस् पुर्याएर देशलाई यस्तो च्यापुबाट बचाउ।।
विर गोर्खालीको नाम जस्तै पहिचान बनाउ
सिमा सुरक्षा गर देशलाई बचाउन
गर्भकासाथ भन्न सकियोस् झुक्दै नझुक्ने नेपाली हामी विर गोर्खालीको देश हाम्रो देश |