२७ जेठ, जितगढी न्युज
केहि दिन यता नेपालको सामाजिक सन्जालको बजारमा तातेको सन्सारको महङ्गो र लग्जरियस गाडी बि एम डब्लुको नेपालमा दर्ता रहेको र अर्को बिदेशी नम्बर प्लेट समेत रहेको एकै ठाउँको फोटोमात्र भाईरल भएको छ |
नेपालमा शोसल मिडियामा निकै चर्चा भएको बिएमडब्ल्यूको एक्सथ्री एम प्याकेज मोडलको गाडी हेटौडामा दर्ता भएको अनलाईनहरुले बताएका छन तर अर्को नम्बर प्लेट कस्को कहाँको जितगढी न्युज खोजिमा लाग्यो र वाहिरियो अर्कै वास्तविकता |
सो गाडीको नम्बर प्लेट 1QS6YQ अस्ट्रेलियामा दर्ता रहेको बि एम डब्लु गाडीको भएको हामीले प्रमाण सहित फेला पारेका छौ |
चेसिस नम्बर : WBAWZ520700T54959
इन्जिन नम्बर : 58269530
2016 SILVER B.M.W. WAGON गाडी अस्ट्रेलियाको भिक्टोरिया राज्यमा दर्ता रहेको फेला परेको हो |
दर्ता नम्बर भारत संग नमिले पछि वास्तविकता खोतल्दै जितगढी न्युजबाट हामी कुन देशको दर्ता नम्बर हो भनेर खोज्यौ र अस्ट्रेलियाको दर्ता नम्बर भएको भन्ने जानकारी प्राप्त भए पछि दर्ता नम्बर हेर्न मिल्ने www.vicroads.vic.gou.au मा गएर दर्ता चेक गर्दा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा दर्ता रहेको फेला परेको हो |
यता नेपालमा भने गाडीको कथा अर्कै बुनिएको छ |
महंगो मुल्यको गाडि वानेश्वरमा वेवारिसे अवस्थामा फेला परेपछि सरकारले नियन्त्रणमा लिएर राखेको बताईन्छ । इन्जिन पुरै सिज भएको अवस्थामा फेला परेको गाडि मर्मत पछि सन्चालनमा ल्याउने अवस्था भएपछि कर्णाली प्रदेश सरकारको नाममा हेटौडामा रहेको यातायात व्यवस्था कार्यालयमा दर्ता गरि मर्मतको लागि वजेट विनियोजन गरिएको र मर्मत गरिएको अनलाईनहरुमा बताईएको छ |
तर तस्बिरमा देखाईएको नम्बरले भने त्यो कुरालाई झन रहस्यमय बनाएको छ | तस्वीरमा मात्र सो अस्टे्लियन नम्बर देखाईएको हो वा गाडीको फोटो ईडिट गरिएको हो ? रहस्य गम्भीर देखिन्छ ! हाम्रो विश्लेषणमा हुन सक्ने यथार्थ हरु :
१) अस्ट्रेलियाको सो चित्र ईडिट गरि भाईरल गराईएको |
२) नेपालमा अपराधीक गतिविधि गर्न सो नम्बर प्लेट प्रयोग गरिएको |
३) गलत तरिका बाट नेपाल भित्र्याईएको |
४) नेपालमा खरिद गरिएको गाडिमा नम्बर प्लेट अस्ट्रेलियाको राखिएको |
इन्जिन नम्बर र चेसिस नम्बर समेत उपलब्ध भएकोले यस बारेमा थप अनिसन्धान गर्न बल पुग्ने छ |