६ असोज, अर्घाखाँची
नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो पेशागत हक हितको लागि ईन्जिनियरहरु सङ्गठित हुनु सकारात्मक भएको बताउनु भएको छ | सन्दिखर्कमा मंगलवार प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल(पिन) अर्घाखाँची जिल्ला कमिटी घोषणा कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित हुनु भएका नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का स्थाई समिती सदस्य समेत रहनु भएका प्रतिनिधि सभा सदस्य मा. टोपबहादुर रायमाझीले सो कुरा बताउनु भएको हो |
कार्यक्रममा ई. सुनिल थापा क्षेत्रीको अध्यक्षतामा २१ सदस्य पिन अर्घाखाँची जिल्ला कमिटि घोषणा गरिएको थियो | कमिटी को उपाध्यक्षमा ई. सन्तोष खनाल, सचिव ई. सागर कार्की र कोषाध्यक्षमा ई. जिवन खनाल रहनु भएको छ |
त्यसतै कमिटिका सदस्यहरुमा ईन्जिनियरहरु बिजय खरेल, कुलानन्द बन्जाडे, सपना न्यौपाने , माधव बन्जाडे, सुमन ज्ञवाली, विवेक पन्थी, हेमन्त चौधरी, हेमन्त कुमार चौधरी, सुजन ज्ञवाली, पोख्रेल , विवेक के. सि., विष्णु खनाल, रुपेन्द्र खत्री, शुभेच्छा जि सि , शुरेस चौधरी , मनोज बन्जाडे र मुकेश कुमार निरौला रहनु भएको छ |
राष्ट्रिय सभा सदस्य माननीय चन्द्र बहादुर खड्का तथा प्रदेश सभा सदस्य माननीय रामजी प्रशाद घिमिरे को विशिष्ट आतित्यथा रहेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अर्घाखाँची जिल्ला सचिव ठाकुर कुमार बिकले आतिथ्यता प्रदान गर्नु भएको थियो |
कार्यक्रममा पिन केन्द्रिय सदस्य ई. नारयण अर्यालले पिन केन्द्रको गतिविधि माथी प्रकाश पार्नु भएको थियो | पिन प्रदेश न ५ का अध्यक्ष ई. जीवन अर्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सचिवालय सदस्य ई. विरमान रासकोटिको स्वागत तथा सचिवालय सदस्य ई. भेषराज भुषालको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सन्चालन प्रदेश सचिव ई. अरुण खनालले गर्नु भएको थियो |