हिजो “बलात्कार “भयो
आज “लास”भेटियो
भोली “आन्दोलन “हुन्छ
सोसल मिडियामा “भाइरल”हुन्छ
“छानबिन टोलि”पनि बन्छ
तर”बलात्कारी”पत्ता लाग्दैन
पर्सिबाट सबैले “भुल्दै”जान्छन्
यसरी एउटा “छोरीको”जीवन सकिन्छ मेरो”देशको”हालत
मलाई डर लागिरहेको छ,कानुन बलियो नभएको मेरो देशमा महिला सुरक्षा कसरि हुन्छ??
देशमा दिनप्रतिदिन बलात्कारिका घट्नाले जरा गाडिसकेका छन्। त्यस्तो दिन नै खालि छैन कि यो घटना नभएको नसुनेको तर यत्रो घट्ना हुँदा पनि किन कसैले पिडितले न्याय पाउँदैनन् अपराधि सजिलै उम्कन्छन्??किन भित्रै हराउँछन् यि कुरा??
यि घट्ना बढीरहँदा मलाई लाग्छ कहाँ छ महिला सुरक्षा??
भनिन्छ कानुन समान हुन्छ सत्यतथ्यको छानबिन गरिन्छ तर सुनिन्छ कानुन धनीका लागि हो हामी गरिबका लागि होईन विश्लेषण गर्दा सहि हो यदि समान कानुन हुन्थ्यो भने अहिले सम्म किन पत्ता लागेन निर्मलाको हत्यारा?? अपराधि पानिमुनि गएपनि छोड्नुहुन्न खोई त कानुनको सपथ लिएकाहरु??
धनि मान्छेले जे गर्दा पनि माफी हुन्छ तर गरिब जहिले हत्याराको सिकार बन्नुपर्छ कस्तो नियम हो??
देशमा जति घट्ना हुन्छन् आजभोलि त्यो त मिडिया तताउने काम मात्र भएको छ जब एउटि चेलिको कुरा उठ्छ सब चुप हुन्छ पद हात पार्ने कुरा हुन्छन् आन्दोलन गर्न थाल्छन् ।
जब एउटि चेलि बलात्कृत हुन्छे बचाउने कोही हुदैन लास भेटिन्छ २ ४ दिन आन्दोलन हुन्छ कुरो प्रधानमन्त्री सम्म पनि पुग्छ मिडियामा भाइरल हुन्छ छानबिन टोलि पनि बन्छ अपराधिलाई सजाय हुन्छ पिडित पक्षले न्याय पाउनुहुन्छ भनिन्छ सान्त्वना दिन्छ तर अन्त्यमा न बलात्कारि पत्ता लाग्छ न पिडित पक्षलाई न्याय!!
दिनहुँ यस्ता जघन्य अपराध बढीरहँदा पनि जन्म कैदको सजाय किन नसुनाउने?? जन्मकैद त दूर एकरात राम्रोसंग सजाय भोग्दैनन् अपराधिहरु स्वतन्त्र हिड्न पाएपछि यि घट्ना बढ्नु स्वभाविक हो।
महिला राष्ट्रपति भएको देशमा महिला सुरक्षा नै छैन कसले सुन्छ पिडितको पिडा??
यदि यस्ता जघन्य अपराधबाट बचाउनु छ भने सोसल मिडिया तताउने होईन अपराधिले न्याय पाउने कानुन बनाउनुहोस् पुरुषहरु स्वतन्त्र हिड्न पाउने महिला किन एक्लै हिड्न पनि नपाउने?? समान हक र समान न्याय दिनुहोस्। ।
छोरी जन्मिदाबाटै असुरक्षित ४ ५ १० १२ कोही सुरक्षित छैनन् बाउ दाई काका छिमेकी को को बाट जोगिने??
जब यस्तो घट्ना भएपछि छानबिन टोलि बनाएर २ ४ दिनमै कुरा हराउने होईन जब अपराधि मेयर होस् वा मेयरको बाउ नै भएपनि पक्राउ हुनुपर्छ। हाम्रो देशमा धनीलाई हर कदममा छुट हुन्छ अपराध होईन आफ्ना हेरिन्छ तर आफन्तको नाममा अपराधि छोडिनुहुदैन
आखिर सबैलाई समान बाच्न पाउने हक किन छैन??
न्याय देउ पिडितलाई सजाय देउ अपराधिलाई रोक जघन्य अपराध सुरक्षा देउ कलिला मुनालाई। ।
बबिता थापा (सन्ध्या)
रिब्दिकोट ०७ बतासे पाल्पा