११ माघ , दाङ
नेपाल कम्युनिस्ट पार्टी, (नेकपा) समर्थित प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन, नेपाल (पिन)दाङ जिल्लाको भेला आईतवार सम्पन्न भएको छ |
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रिय सदस्य तथा विघटित सम्सदका माननीय सुजता शाक्यको प्रमुख आतिथ्यता रहेको भेलाले ई. विक्रम बहादुर केसि को अध्यक्षतामा २१ सदस्य जिल्ला तदर्थ कमिटी घोषणा गरेको छ |
कमिटिको उपाध्यक्षमा ई. हनुमन्त चौधरी , सचिवमा ई. शरद पुरी र कोषाध्यक्षमा ई. शोभा भण्डारी रहनु भएको छ |
कमिटिका सदस्यमा ईन्जिनियरहरु कृति सिह जिसि, युवराज भण्डारी, सौगात ओली, अनामिका चौधरी, विकेश न्यौपाने, सन्त कुमार यादव, विनय कुमार यादव, सन्दिप घिमिरे, विशाल घर्ती, अशोक वेलवासे, रजेन्द्र चौधरी, तिलक केसि, सुशील अधिकारी, अमृत देवकोटा, कमल थापा, विश्णु केसि र प्रेम गुरुङ रहनु भएको छ |
भेलामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रिय अनुशासन आयोगका सदस्य तथा पुलचोक क्याम्पसका पुर्व डिन भरत पहारी, प्रधानमन्त्री कार्यलयका विकास बिज्ञ ईन्जिनियर गजेन्द्र थपलिया, पिन केन्द्रिय सदस्यहरु डा. ई. सुरज लामिछाने, देव काजी गुरुङ, सन्जिव रोका, नारायण अर्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो |
कार्यक्रममा पिन लुम्बिनी प्रदेश कमिटिका पदाधिकारी, सचिवालय सदस्य तथा कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो |
पिन लुम्बिनी प्रदेशका अध्यक्ष ई जीवन अर्यालको अध्यक्षता तथा स्वागत प्रदेश सचिवालय सदस्य सदस्य ई. दिपक भट्टराईले गर्नु भएको थियो भने भेलाको सन्चालन प्रदेश सदस्य ई शेषमणी पौडेलले गर्नु भएको थियो |
४०१ सदस्य निर्वाचन परिचालन कमिटी गठन
मुल पार्टी टुट्फुट र धुर्विकरणमा व्यस्त हुदा पिन लुम्बिनी प्रदेश भने एकतामा जोड दिएको छ | शनिवार बुटवलमा आयोजना भएको भेलाले एकतालाई पहल गर्ने गरि नेईए निर्वाचन तयारी गर्न ४०१ सदस्य प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो |
भेलामा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रिय अनुशासन आयोगका सदस्य तथा पुलचोक क्याम्पसका पुर्व डिन भरत पहारी, प्रधानमन्त्री कार्यलयका विकास बिज्ञ ईन्जिनियर गजेन्द्र थपलिया, पिन लुम्बिनी प्रदेश ईन्चार्ज ई दुजेन्द्र बस्नेत, पिन केन्द्रिय सदस्यहरु देव काजी गुरुङ, सन्जिव रोका, नारायण अर्याल लगाएतले पछिल्लो राजनैतिक घटनाक्रमको वारेमा सविस्तार जानकारी गराउदै प्रधानमन्त्री तथा पार्टि अध्यक्ष के पि शर्मा ओलिको विकास प्रेमले गर्दा भैरहेको प्रगतीको वारेमा जानकारी गराउनु भएको थियो |