केन्द्रिय सदस्य उत्प्रेरक तथा जिल्ला कार्यलयले सम्योजन गर्ने (सुची सहित)
२३ भाद्र, बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल, रुपन्देही जिल्ला कमिटी कार्यालयको प्रथम बैठक बुधबार सम्पन्न भएको छ |
संघ रुपन्देही जिल्ला कमिटिका सम्योजक मनोज गौचनको अध्यक्षतामा बुधबार बसेको बैठकले असोज १५ गते भित्र रुपन्देही जिल्ल अन्तर्गतका पालिका कमिटीहरुलाई पुर्णता दिने निर्णय गरेको हो |
प्रमुख अतिथीका रुपमा उपस्थित संघका केन्द्रीय उपाध्यक्ष सुमन पुरीले वर्तमान सरकारको गलत क्रियाकलाप विरुद्ध सक्रियतापुर्वक लाग्न आग्रह गर्नुभएको थियो ।
यस्तै, राष्ट्रिय यूवा संघ नेपालका स्थायी कमिटि सदस्य तथा रुपन्देही ईन्चार्ज केशब रोकाले यूवा संघ रुपन्देहीलाई मजबुद बनाएर अगाडी लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो | यूवा संघले राज्यका ज्याद्धती र जनताबिरुद्ध हुने कुनै पनि कामको प्रतिरोध गर्ने उहाँको भनाई थियो ।
एमाले रुपन्देही सचिवालय सदस्य एवं यूवा फाँट ईन्चार्ज ऋषिराम पाण्डेले अनुशासित भएर युवा आन्दोलनमा उत्रीन सुझाव दिदै यूवा संघ जनता तथा पार्टीको लागि रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकले युवा संघ रुपन्देहीको कार्यालय व्यवस्थापनको लागि सहसंयोजक विकास बस्नेतलाई जिम्मेवारी दिएको छ भने पालिका स्तरमा कमिटी गठन गर्दै पुर्णता दिन विभिन्न संघका नेताहरुलाई जिम्मेवारी तोकेको छ | रुपन्देही जिल्ला भित्र रहेको एक उपमहानगर, ५ नगरपालिका तथा १० गाउपालिका रहेकोमा गैंडहवा गाउपालिका कमिटिले पुर्णता पाईसकेको छ |
जिम्मेवारी प्रदान गरिएकाहरुमा बुटवल उपमहानगरपालिका कमिटीको अधिवेशन सम्पन्न गर्न उत्प्रेरक – दिननाथ भट्टराई र राज गुरुङ तथा संयोजनको जिम्मेवारी कृष्ण बहादुर कुमाल, सुदर्शन खाम्चा, नवराज थापा, समुन्द्र श्रेष्ठ, कल्पना पाँडे मगर, अनमोल गुरुङ (टेक), विशाल थापा छेत्रीलाई प्रदान गरिएको छ |
त्यस्तै सैनामैना नगरपालिकामा उत्प्रेरक प्रेम थापा तथा संयोजन दिपक खड्गी, नारायण थापा, केशव पाण्डे र गोबिन्द पुन, तिलोत्तमा नगरपालिकामा उत्प्रेरक बिष्णु अर्याल, संयोजन मन बहादुर गुरुङ (पप्पु), ईश्वर न्यौपाने र रम्भादेबी घिमिरे , देवदह नगरपालिकामा उत्प्रेरक सुरज खरेल र सितल श्रेष्ठ तथा संयोजन मधु श्रेष्ठ र हरि कुमार तामाङ, सिद्धार्थनगर नगरपालिकामा उत्प्रेरक मेघ बहादुर पुन र कैलाश रोका तथा संयोजन प्रीन्स श्रीवास्तव, र लुम्बिनी सांस्कृतिक नगरपालिकामा उत्प्रेरक प्रेम थापा तथा संयोजन – जिल्ला पदाधिकारीले गर्ने निर्णय भएको वैठक पछि जिल्ला सह संयोजक विकास बस्नेतले जितगढी न्युजलाई जानकारी दिनु भएको छ |
त्यसतै गाउपालिका अन्तर्गत कंचन गाउँपालिकामा उत्प्रेरक र संयोजन रुपन्देही जिल्ला कमिटिका पदाधिकारीहरु, शुद्धोधन र सियारी गाउँपालिका उत्प्रेरक राजेन्द्र कंडेल र कमला भण्डारी ज्ञवाली तथा संयोजन – हेमन थापा, रोहिणि र ओमसतिया गाउँपालिका उत्प्रेरक अजय रौनियार तथा संयोजन जिल्ला पदाधिकारी, त्यसैगरी मायादेवी, कोटियामाई, सम्मरीमाई र मर्चवारी गाउँपालिका उत्प्रेरक र संयोजन जिल्ला पदाधिकारीले गर्ने गरि वैठकले जिम्मेवारी प्रदान गरेको छ |
जिम्मेवारी प्रदान गरिएकोमा केन्द्रिय सदस्यहरुलाई उत्प्रेरक तथा जिल्ला कमिटिका कार्यलय सदस्यहरुलाई सम्योजनको जिम्मेवारी प्रदान गरिएको हो |बैठकमा जिल्ला संयोजकले मनौज गौचनले स्वागत मन्तव्यसहित पेश गर्नुभएको प्रस्तावना सर्वसम्मत रुपमा पारित गरेको छ | बैठकमा केन्द्रिय सचिवालय सदस्य र केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।