असोज १५, बुटवल
राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका वडा न.३ को युवा भेला तथा अधिवेशन सम्पन्न भएको छ। संघका केन्द्रिय स्थाई कमिटि सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज केशव रोकाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गोविन्द शाहिको अध्यक्षतामा २५ सदस्य कमिटि सर्वसम्मत निर्वाचित गरेको छ |
जसको उपाध्यक्षमा रमेश सारु, हेवन श्रेष्ठ र रविन श्रेष्ठ, सचिवमा रोमकान्त पाण्डे, सह सचिव कमल बस्याल र कोषाध्यक्षमा अस्मिता पन्थी निर्वाचित हुनुभएको संघका रुपन्देही जिल्ला कार्यलय सदस्य कृष्ण कुमालले जितगढी न्युजलाई जानकारी दिनुभएको छ |
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा नेकपा एमालेका रुपन्देही जिल्ला सदस्य तथा वडा न ३ का ईन्चार्ज घनश्याम चापागाईं लगाएत नेकपा एमालेका नेतागण तथा राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्यहरु बुद्धि राज थापा, गिता ज्ञवाली केन्द्रिय सदस्यहरु दिनानाथ भट्टराई, पवित्रा ज्ञवाली, केन्द्रिय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचन, सह संयोजक विकास बस्नेत, रुपन्देही जिल्लाका कार्यलय सदस्यहरु दिपक खड्कि, समुन्द्र श्रेष्ठ, कल्पना पाडे मगर,सरु थापा, रम्भा घिमिरे बुटवल उपमहानगर कमिटी अध्यक्ष सुदर्शन खाम्चा, लगाएत केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुको उपस्थिती रहेको थियो |
भेलामा नवनिर्वाचित कमिटीलाई राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष क. मनोज गौचन ज्युले सपथग्रहण गराउनुभएको थियो भने सुमन श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको थियो |