काठमाडौं ।
सामान्यतया प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज निजी सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । लामो समयदेखि देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुक दुरुपयोग गरेका छन् । ‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले आफ्नो तस्बिर पोष्ट गरेपछि प्रधानमन्त्रीको फेसबुक समेत प्रहरीले चलाउने गरेको खुलेको छ ।
प्रधानमन्त्री देउवाको फेसबुकबाट प्रहरी नायब निरीक्षक धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाएका थिए । पोष्ट हटेपनि मुलुकको कार्यकारी प्रधानमन्त्रीको आधिकारीक फेसबुक पेज एक प्रहरी अधिकृतले सञ्चालन गर्नु असामान्य विषय बनेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी सचिवालय गठन नै गरिसकेका छैनन् । प्रमुख स्वकीय सचिवमा भतिज भानु देउवाबाहेक प्रधानमन्त्रीको सल्लाहकार समूह र सचिवालयले पूर्णता पाएको छैन ।
यहीकारण प्रधानमन्त्री देउवाको नियमित कामकारवाही प्रभावित हुने गरेको छ । सचिवालय गठन नगरेपनि प्रधानमन्त्री देउवाले आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई नै नियमित काम लगाउने गरेको पाइएको छ ।
प्रहरीलाई नै प्रधानमन्त्रीको फेसबुक चलाउन दिँदा दुरुपयोगसँगै गोपनीयतामाथि पनि गम्भीर प्रश्न उठ्नसक्छ ।
नापी प्राविधिक समाज नवलपरासीको प्रथम भेला सम्पन्न ; अध्यक्षमा दल वहादुर ओली
असोज, २७नवलपरासीनवलपरासी वर्दघाट पश्चिम क्षेत्रका नापी पेसा संग आवद्ध प्राविधिकहरुको प्रथम भेला आज रामग्राममा सम्पन्न भएको छ | भेलामा नवलपरासी (ब.सु. प.)जिल्लाका ७ वटै स्थानीय तह, राष्ट्रिय भूमि आयोग , राष्ट्रिय आवासमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राबिधिकहरुको सहभागिता रहेको थियो | भेलाले 'पेसागत ऐक्यवद्धता ; आधुनिक नापीमा प्रतिबद्धता' भन्ने मुल नाराका साथ नापी प्राबिधिक समाज नवलपरासी गठन गरेको छ । शनिबार रामग्राम स्तुपमा आयोजित भेलाले सुनवल नगरपालिकाका नापी प्राबिधिक दल बहादुर ओलीकाे अध्यक्षतामा ११ सदस्यीय नापी प्राविधिक समाज नवलपरासीको तदर्थ समिति गठन गरेको हो | अध्यक्ष, दल बहादुर ओली भेलाले समाजको उपाध्यक्षमा शुसिल रावत ,सचिवमा अमृत भुषाल , सह-सचिवमा नरेन्द्र यादव, कोषाध्यक्षमा अनिल पोखरेल , सदस्यहरुमा निरज प्रजापति ,निरज कुमार पटेल, संजय कुमार गुरौ, अमन गुप्ता, यदु कुमार पुन, स्वस्तिका थापालाई चयन गरेको छ | अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै दल वहादुर ओलीले देशव्यापी रुपमा नापी प्राबिधिकहरुको हक अधिकारको सुनिस्चित गर्दै नापीको क्षेत्रमा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्नृे, त्रुटीहरुको एकीकृत समाधान गर्ने, सबै प्राबिधिकहरुमा एकरुपता ल्याउने, नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने तथा स्थानिय तहका प्राबिधिक तथा प्राबिधिक अध्ययन गर्दै गरेका, सेवामा रहेका र सेवाको अवसर खोजि गरेका सबैलाई समाजमा स्थान दिएर पारदर्शी एवम चुस्त दुरुस्त रुपमा समाजलाई अघि बढाउने बताउनु भएको छ । समाजले आगामी दिनमा नापी प्राबिधिकको क्षमता अभिवृद्धि गर्न बिशेष कार्यक्रम तथा तालिमहरु समेत संचालन गर्ने बताएको छ ।