3
1
vote
Article Rating
असोज, २७नवलपरासीनवलपरासी वर्दघाट पश्चिम क्षेत्रका नापी पेसा संग आवद्ध प्राविधिकहरुको प्रथम भेला आज रामग्राममा सम्पन्न भएको छ | भेलामा नवलपरासी (ब.सु. प.)जिल्लाका ७ वटै स्थानीय तह, राष्ट्रिय भूमि आयोग , राष्ट्रिय आवासमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राबिधिकहरुको सहभागिता रहेको थियो | भेलाले 'पेसागत ऐक्यवद्धता ; आधुनिक नापीमा प्रतिबद्धता' भन्ने मुल नाराका साथ नापी प्राबिधिक समाज नवलपरासी गठन गरेको छ । शनिबार रामग्राम स्तुपमा आयोजित भेलाले सुनवल नगरपालिकाका नापी प्राबिधिक दल बहादुर ओलीकाे अध्यक्षतामा ११ सदस्यीय नापी प्राविधिक समाज नवलपरासीको तदर्थ समिति गठन गरेको हो | अध्यक्ष, दल बहादुर ओली भेलाले समाजको उपाध्यक्षमा शुसिल रावत ,सचिवमा अमृत भुषाल , सह-सचिवमा नरेन्द्र यादव, कोषाध्यक्षमा अनिल पोखरेल , सदस्यहरुमा निरज प्रजापति ,निरज कुमार पटेल, संजय कुमार गुरौ, अमन गुप्ता, यदु कुमार पुन, स्वस्तिका थापालाई चयन गरेको छ | अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै दल वहादुर ओलीले देशव्यापी रुपमा नापी प्राबिधिकहरुको हक अधिकारको सुनिस्चित गर्दै नापीको क्षेत्रमा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्नृे, त्रुटीहरुको एकीकृत समाधान गर्ने, सबै प्राबिधिकहरुमा एकरुपता ल्याउने, नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने तथा स्थानिय तहका प्राबिधिक तथा प्राबिधिक अध्ययन गर्दै गरेका, सेवामा रहेका र सेवाको अवसर खोजि गरेका सबैलाई समाजमा स्थान दिएर पारदर्शी एवम चुस्त दुरुस्त रुपमा समाजलाई अघि बढाउने बताउनु भएको छ । समाजले आगामी दिनमा नापी प्राबिधिकको क्षमता अभिवृद्धि गर्न बिशेष कार्यक्रम तथा तालिमहरु समेत संचालन गर्ने बताएको छ ।
बुटवल साउन ३०,राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै अक्सफोर्ड माविले उत्कृष्टता हासिल गरेको छ । विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय बिस विद्यार्थीले A+ ल्याएका छन् । विज्ञान संकाय अध्ययन गर्ने दिया भुसालले ३.९६ GPA ल्याएर उत्कृष्ट बनेकी छिन् । त्यस्तै व्यवस्थापन संकायका सुमित पोखेलले ३.९० Gpa अङ्क ल्याएका छन् भने सागर सिङ्ले ३.८५ Gpa युवराज भण्डारीले ३.८१Gpa प्राप्त गरेकाे विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयाे। विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राध्यापक सुमन भुसालले बताउनुभयाे। अक्सफोर्ड मा.वि बाट यस बर्षको नतिजामा ८६. प्रतिशत उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको हुँदा सम्भवत अक्सफोर्डकाे नतिजा देशकै उत्कृष्ट भएकोमा विद्यार्थी ,अभिभावक ,प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
विनोद खनाल, वुटवलध्रुवतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । शुक्रबार रक्तसंचार केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा सहकारीमा आबद्ध सदस्यहरुले रक्तदान गरेका हुन। संस्थाले सामाजिक उत्तरादायीत्व अन्तरगत नियमित रक्तदान गर्दै आएको संस्थाका अध्यक्ष मान बहादुर कुँवरले बताए। बुटवलमा डेंङ्गी रोगका बिरामी बढे संगै मृगौला डायालासीसका बिरामीका लागि समेत आवश्यक रगत अभाव हुननदिन रक्तसंचार केन्द्र नियमित रक्तदानमा सकृय रहेको छ । रक्तसंचार केन्द्रले रक्तदानका लागि अव्हान गरेकोले आकस्मिक रुपमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष कुँवरले बताए । कार्यक्रम संस्थाका शिक्षा तथा प्रकाशन उपसमिति संयोजक विनोद खनालको संयोजकत्वमा सम्पन्न भएको थियो ।
सम्भवत आज २०७९ सालको चैत्र महिनामा संचानल भएको कक्षा १० एस ई ई परिक्षाको नतिजा सार्वजनिक हुदैछ। नतिजा सार्वजनिक गर्न परिक्षाको बोर्ड बैठक हाल बसिरहेको छ। अवको केहि घण्टामा नतिजा सार्वजनिक हुदैछ। नतिजा सार्वजनिक भएपछी तल रहेको लिंक खोलेर हेर्न मिल्नेछ। http://www.see.gov.np www.neb.gov.np www.see.ntc.net.np www.see.nicasiabank.com www.see.edusanjal.com www.ekantipur.com www.theconnectplus.com www.khalti.com/app www.neemaacademy.com www.mypay.com.np www.nepaleducationportal.com www.ayoresult.com www.results.matraeducation.com www.tuteeline.com
यथार्थ तथ्य तथा जनउत्तरदायी अनलाइन पत्रीका जितगढी न्युज डटकम |
Address : Butwal -13, Belbas, Rupandehi
Province-5, Nepal
Contact : (+977) 9866145614
E-mail : newsjitgadhi@gmail.com
अध्यक्ष : विकास जंग बस्न्यात
प्रवन्ध निर्देशक : ई. शिशीर ज्ञवाली
व्यवस्थापक : नव पुष्पजित भण्डारी
प्रधान सम्पादक : ई. नव सुजित भण्डारी
©2018-2022 All right reserved @Jitgadhinews.com | Technical Support: Tech Everest
©2018-2022 All right reserved @Jitgadhinews.com | Technical Support: Tech Everest