बुटवल, पुस २५ / नेकपा एमाले रुपन्देहीको नवौं अधिवेशनबाट तेजेन्द्र केसी अध्यक्ष निर्वाचित भएका छन्।
एमाले र नेकपा माओवादी बिच एकीकरणका बेला जिल्ला सचिवालय सदस्य रहेका केसी पार्टीमा बिवाद सूरु भएरपछि जिल्ला सह संयोजकको भुमिका थिए भने सर्बोच्च अदालतले एमाले र माओवादी अलग अलग गरिदिएपछि सचिवालय सदस्यकै रुपमा जिम्मेवारीमा फर्केका थिए।
यसैगरी उपाध्यक्षमा यसअघिको जिल्ला कमिटिका सचिव जागेश्वरदेवी चौधरी र उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थी निर्विरोध चयन भई सकेका छन।
सचिव पदमा यज्ञ गैरे र खेम लुईटेलको उम्मेदवारी परेकाे थियोे । लुईटेलले समेत उम्मेदवारी फिर्ता लिए पछि सचिव पदमा यज्ञ गैरे निर्विरोध भएका हुन |