कपिलवस्तु , २८ पुस । संयुक्त गठबन्धन निकटका एक जना उम्मेदवार नै नेकपा एमाले निकट इन्जीनियरहरुको संगठन पिनमा प्रबेश गरेका छन् ।
नेकपा माओवादी निकट NEON र नेकपा समाजवादी निकट SEAN गठबन्धनबाट नेपाल ईन्जिनियर्स एसोसिएसनमा लुम्बिनी प्रदेशबाट सदस्य पदका उम्मेदवार इन्जीनियर अजय बिलाश सिंह एमाले निकट प्रोग्रेसिभ इन्जीनियरिङ एसोसिएसन नेपाल(पिन) मा प्रबेश गरेका हुन ।
सिंहलाई एमाले निकट प्रोगे्रसिभ इन्जीनियरिङ एसोसिएसन नेपाल(पिन) का प्रदेश अध्यक्ष इन्जीनियर जिवन अर्यालले पिनमा प्रबेश गरेका थिए ।
एमाले निकट प्रोगे्रसिभ इन्जीनियर्स एसोसिएसन नेपाल(पिन) का प्रदेश केन्द्रीय सदस्य उम्मेदवार जयलाल मरासीनि, पिनका सचिवालय सदस्य विवेक लामिछाने, पिन कपिलबस्तुका अध्यक्ष रामचन्द्र चौधरी लगायतले संगठनमा एक औपचारिक कार्यक्रममा स्वागत गरेको प्रदेश अध्यक्ष जिवन अर्यालले जानकारी दिएका छन ।