माघ ५, काठमाडौ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको हो ।
मूल्यवृद्धिपछि काठमाडौंको लागि (निगमको डिपो क्षेत्रको १५ किमि परिसरभित्र) पेट्रोलको खुद्रा मूल्य १३९ रूपैयाँ पुगेको निगमले जनाएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १२२ रूपैयाँ पुगेको छ ।
निगमले आन्तरिक हवाइ इन्धनमा साविकको मूल्यमा प्रतिलिटर पाँच रूपैया वृद्धि गरी प्रतिलिटल १०६ रूपैयाँ पुर्याएको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरी ९९५ अमेरिकी डलर पुर्याइएको छ ।
खाना पकाउने एलपी ग्यासमा भने घाट भए पनि हाललाई मूल्य नबढाइएको निगमले जनाएको छ ।