बुटवल : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भातृ संगठन `”न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा’ भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल . राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी सङ्गठन विस्तारमा तीव्र गतिमा लिएको छ । आफ्नो संगठनको गतिविधि तिर तिब्र बनाउदै गहिरहेको छ ।
रुपन्देही जिल्ला अन्तरर्गत पर्ने तिलोत्तमा वडा नं.५ मा सन्दिप नेपाली (जङ्गे) को अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेका थिए । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा नगरकमिटि अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा नेकपा एमाले पोलिटब्युरो सदस्य, लुम्बिनी इन्चार्ज पुर्व मन्त्री माननीय लिला गिरी ज्युको प्रमुख आतिथ्यतासम्पन्न भएको थियोे ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय गोपाल भट्टराई, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष लुम्बिनी इन्चार्ज कमरेड सुमन पुरी , नेकपा एमाले रुपन्देही जिल्ला सचीव यज्ञ गैरे , नेकपा एमाले नेता लक्ष्मण ज्ञवालि , मोहन चापागाईं, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष तथा नेकपा एमाले जिल्ला सदस्य मनोज गौचन , केन्द्रीय सदस्य कल्पना पाडे मगर , कृष्ण कुमाल,दिपक खड्गी , रम्भा घिमिरे उपस्तिथि रहेका थिए ।
केहि व्यक्ति पार्टी बाट छुट्टेर जादैमा र अर्को पार्टी गठन गर्दैमा निराश हुन नपर्ने नेकपा (एमाले) प्रगतिशील, जनपक्षीय पार्टी भएकाले हावाहुरी चल्नासाथ विचलित हुन नपर्ने र नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आब्हान समेत गरेका थिए ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पुराउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवा शक्तिलाई प्रमुख अतिथि गिरी बताए ।
उनिले जनताको हित विपरितका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको हुँदा त्यसका विरुद्ध एकजुट भएर खवरदारी गर्न राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरुलाई आब्हान गरेका थिए ।