फागुन १३, शुद्धोधन
नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले कारवाही गरेका शुद्धोधन गाउपालिकाका वडा अध्यक्ष शिवपुुुजन बानियाको माग बमोजिम सर्वोच्च अदालतले आज अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो |
सर्वोच्च अदालतका माननीय न्यायाधीश हरि प्रशाद फुयालको एकल ईजलासले विपक्षीको नाममा १५ दिने कारण देखाउ आदेश जारी गर्दै गरिएको कार्वाही तत्काल कार्यन्वयन नगर्न आदेश भएको शुद्धोधन गाउपालिका प्रवक्ता राजेन्द्र कडेलले जितगढि न्युजलाई जानकारी दिनुभएको छ |
शुद्धोधन गाउपालिका वडा न ७ का अध्यक्ष रहनुभएका शिवपुजन बानिया नेपाली काङ्ग्रेस क्षेत्र न ३ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार समेत रहनुभएको थियो |