साबिक बुटवल १५ जितगढि हाल बुटवल १३ मा २०४५ साल मा बुवा मोहन प्रसाद गौडेल आमा पबित्रा कुमारी गौडेल को कोख बाट जन्मिएका राजन गौडेल न्यु स्टान्डर्ड, स्कुल नहरपुर मा बि हुँदै जनता मा बि अमुवा बाट एस एल सि पास गरि जनता मा बि मा रहदा नेपाल जुनियर रेड्कर्स का अध्यक्ष पनि भए का थिए |
बुटवल स्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पस बाट व्यवस्थापन सकाय अध्यन गरे | सानै देखि गाउँ घर मा आवस्यकताको समयमा सधै अगाडि सर्ने गौडेल केही बर्ष वैदेशिक रोजगार को लागि कतार पनि पुगे र कुबेत समेत गरि ३ बर्ष जति विदेशी बुमिमा पसिना बगाएसी नेपाल फर्कने सोच बनाइ नेपाल फर्के |
नेपाल आएर के काम गर्ने दोधार मा थिए | साथी को सल्लाह मा आफ्नै घर मा ‘जितगडी इन’ नामक होट्ल संचालन गर्न थाले र बिस्तारै राम्रो हुँदै गए पछि ‘ डाडा इन’ होट्ल संचालक गरे फेरि थप डाडा इन क्याटरिङ पनि गर्दै आएका छ्न।
राजन ले आफ्नो होटल अगाडी बाट हिड्ने भोका दुखीलाई आवश्यकता अनुसार निशुल्क खानाको ब्यवस्था गर्दथे | साथी को सल्लाह अनुसार the art of living मा जोडिए art of living बाट सेवा गर्न सिकेको बताउने राजनले art of living का करिब १० वटा जति कोर्स गरेसि आफ्नो ठाउँ मा ‘The art of living Jitgadhi’ को स्थापना गरे हाल त्यो साधाना केन्द्र मा करिब १०० जना जति ले बिहान मा योगा ध्यान साधाना गरिरहेका छन । यहि बेला राजन लाई art of living का स्थापक श्री श्री रबि शकर जि सङ मिल्ने मौका समेत पाए ।
गाउँ घर मा कोहि बिरामी परे बोकेर अस्पताल सम्म पुराउछ्न राजन, कोहि बिरामी लाई रगत आवश्यकता परे राजन को फोन बज्छ । राजन सजिलै जबाफ दिन्छ तपाईं ब्लड बैंक जाँदै गर्नु म आइ पुग्छु भन्छ्न । आज सम्म रगत नपाएर मानिस को मृत्यु रोक्न दिन रात लागि पर्छ्न राजन , नेपाल स्काउट बुटवल उपमहानगर पालिका सदस्य समेत रहेका राजन तिनउ नदि मा आएको बाडी ले घर बगाउन लाग्दा त्यो घर हरु समान निकाल्न आफ्नो शरीर को बाजि लागि प्रगतिनगर मा धेरै को सम्पती बचाउन सफल भएका थिए । कोरना को माहामारी मा ठाउँ ठाउँ मा माक्स बितरण तथा जनचेतना कार्यक्रम हरु बुटवल उपमहानगर पालिका सङ मिलि काम गरेका थिए भने जितगडी मा कमि भएको अक्सिजन कहाँ कहाँ पुगेर कोभिड बिरामी को घर सम्म पुराउन धेरै गम्भिरलाई अस्पताल सम्म पुराए ।
Youth for nation लुम्बिनी सयोजक समेत रहेका गौडेल नेपाल लाई स्वर्ग को टुक्रा बनाउमे कर्म मा लागि परेका छ्न विभिन्न ठाउँ मा स्वास्थ शिबिर राखिसकेका छन | आइकोनिक युथ फर एनिमल का सस्थापक समेत रहेका गौडेल रुपन्देही मा रहेका घाइते तथा बेबारिसे जनावर को उदार तथा उपचार गर्दछ्न। लायन्स कल्ब अफ बुटवल नमस्ते का हाल का सचिब गौडेल लायन बर्ष २२/२३ का लागि अध्यक्ष का दाबेदार नि हुन। कसैको दु:ख देख्न नसक्ने गौडेल लायन बर्ष 2021 मा उत्कृष्ट समाजसेबी पुरस्कारबाट सम्मनित भएका थिए बुटवल उपमहानगर पालिका को ६३ औ स्थापना दिवस मा पनि सम्मानित भए | राजनैतिक रुपमा समेत उत्तिकै चर्चित गौडेल नेकपा एमाले शाखा कमिटी १३ सदस्य तथा राष्ट्रिय युवा सघ नेपाल का जिल्ला सदस्य पनि हुन ।