वैशाख २०,
मायादेवी, रुपन्देहीको मायादेवी गाउँपालिकामा वडा नं ८ एमालेबाट अध्यक्षका उम्मेदवार बनेका चोक बहादुर थापा मायादेवी गाउपालिका कै पुराना एमाले नेता भनेर चिनिन्छन । २०१७ सालमा पर्वतको ठानामौला गाविसमा जन्मेका थापा २०२४ तिर परिवार सहित रुपन्देहीको साविक हाटिबनगाइ गाविसमा बसाइ सरेका थिए । सानै देखि राजनीतिमा चासो राख्ने र राजनीतिक चेत भएका थापा २०३६ को निर्दलिय पन्चायत विरुद्धको आन्दोलनमा सहभागीभै बहुदलिय वयवस्थाको खुलेर वकालत गर्न थाले र बामपंथी सिद्धान्त र बिचार प्रती आस्था राख्दै निरन्तर अगाडि बढ्दै गए ।गाउँ नगर जिल्लापञ्चायत निर्वाचन २०३९ मा निर्विरोध ४ नं वडा सदस्य बनेका थापा निरन्तर पार्टी र सामाजिक कार्यमा लागि रहे । उनको संगठन प्रतिको माया , संगठन बिस्तार क्षमता र लगनशीलतालाई मुल्यांकन गर्दै २०४६ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको गाउँ कमिटी उपाध्यक्ष पदभार समालेका थापा आफ्नो जिम्मेवारीमा अब्बल ठहरिए । उनको जिम्मेवारपनको उच्च मुल्यांकन गर्दै नेकपा एमालेले २०४८ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षको रुपमा उमेदवार बनाएको थियो । कडा प्रतिस्पर्धा रहेको निर्वाचनमा २ मतले पछि परेका थापा हारवाट बिचलित भएइ २०४८ को चुनाव उनकालागी झन सिकाइ र बुजाइको कोसे ढुङ्गा बन्यो र निरन्तर सामाजिक सेवामा लागिरहे । आफुले पाएका सम्पुर्ण जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्दै आएका उनलाइ पार्टीले २०४८ मा हाटिवनगाइ गाउँ कमिटीको सचिब जिम्मेवारी दियो ।२०५४ देखि २०६२ सम्म ५ नं क्षेत्रको १७ नं इलाका सदस्यको रुपमा जिम्मेवारी निर्वाह गरेका थापा २०६४ मा ३ नं क्षेत्रीय कमिटी सदस्य बनेका थिए।
२०७४ को स्थानिय निर्वाचनमा मायादेबी गाउँपालिका बडा नं ८ को अध्यक्ष निर्वाचित भइ गाउपालिकाको प्रवक्ता समेत भएका थापा आम मतदाताको मात्रै हैन कर्मचारीमा पनि राम्रो छवि भएका जनप्रतिनिधिका रुपमा चिनिन्छन। गाउँपालिका भरीमै नमुना मानिएको वडा नं ८ लाई आजको अवस्थामा ल्याउन थापाले खेलेको भुमिकाको आम जनता मात्रै हैन विपक्ष र कर्मचारीहरु पनि खुलेर प्रशंसा गर्न हिचकिचाउदैन्न । आफ्नो पहिलो कार्यकालको काम नै यस पालिको चुनाव जित्ने बलियो आधार भएको दावी गर्ने थापा , जनताले कामको मुल्यांकन गर्ने र आफुलाइ भोट गर्नेमा बिश्स्वत छन।