वैशाख २५, बुटवल
२०७९ बैसाख ३० गते हुन् गइरहेको आसन्न स्थानिय तहको निर्वाचनमा बुटवल उप महानगरपालिका वडा न ८ बाट नेकपा एमाले को तर्फ बाट एमाले जिल्ला कमिटी सद्स्य तथा बुटवल उप महानगरपालिका सह इन्चार्ज ज्ञान प्रसाद अर्यालले वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भयको छ ।
बुटवल उप महानगर भित्र स्थानिय तहको चुनावमा अहिले नेकपा(एमाले) र रास्ट्रीय जनमुक्ती पार्टीको गठबन्धन छ भने अर्को तिर सत्ता रुट दलहरु नेपाली काङ्रेस्, नेकपा माओवादी केन्द्र, नेकपा समाजबादि,रास्ट्रीय जनता पार्टी र रास्ट्रीय जनमोर्चाको गठबन्धन छ । ५ बर्ष पहिले भयको स्थानिय तह २०७४ को चुनाव मा नेपाली काङ्रेस्, नेकपा माओवादी केन्द्र, र रास्ट्रीय जनमुक्तिको गठन्बन्धन हुँदा पनि बुटवल उपमहानगरमा एमाले बाट मेयर्,उपमेयर सहित ८ नम्बर् वडा लगायत १६ वटा वडाहरुमा सान्दार जित् हात पारेको थियो।यसै गरि वडा न ८ मा वडा अध्यक्ष सहित सबै सद्स्य मा ५०० भन्दा बढी मतान्तरले बिजय भयको थियो । तर अहिले यस नगर भित्र एमाले र जनमुक्ती पार्ट्रीको गठबन्धन छ साथै यस् वडामा जनमुक्तिको राम्रो भोटर भयकाले र एमाले बाट लोकप्रिय भयको उम्मेदवार तथा नगर समयन्त्र भित्र काम गरिसकेको चिर परिचित अनुहार भयकाले ठुलो मतान्तरमा जित्ने एमालेको आकलन छ।
बैशाख ३० गते हुन गइरहेको स्था निय तह चुनावमा एमाले बाट वडा अध्यक्ष मा ज्ञान प्रसाद अर्याल, महिला सद्स्यमा सिता ख्ननाल्, दलित महिला सद्स्य मा सबिता बिक्, खुल्ला सद्स्य मा भुवानी प्रसाद सुबेदी र तुल बहादुर थापा चुनावएए चुनाबी मैदानमा हुनुहुन्छ ।
को हुन चिनौ ज्ञान प्रसाद अर्याल ?
नेकपा (माक्सबादी) को नेपाल प्रगतिशिल बिधार्थी युनियनमा तत्कालीन २०४६ शाल मा बुटवल बहुमुखी क्याम्पसमा प्रा. क .सद्स्य बाट राजनीतिक यात्रा सुरु
तत्कालिन २०४८ सालको पार्टी एकिकरण पछि पार्टी सदस्य लियको।
मजदुर आन्दोलनमा नेतृत्व दायि भुमिका गर्दै साविक तुल्सि भन्जाङ् गाबिस स्याङ्जा गाउ कमिटीमा बसेर काम् गरेको।
२०४८ साल पछि हरेक निर्वाचन हरुमा युवाहरुको नेतृत्व गर्दै पार्टीलाई जिताउन मुख्य भुमिका निर्वाह गरेको।
शिक्षा प्रेमी अर्याल् २०५८ सालमा बुटवल ७ दिपनगरमा रहेर पार्टीमा लाग्दै बिभिन्न् कलबको नेतृत्व गरेको साथै जे बि स्मर्ती भवन तथा पुस्तकालय निर्माणमा महत्वपुर्ण योगदान पुरायको साथै जिवराज स्मृति भवनको निर्माणमा अहोरात खटेर निर्माण कार्यमा लागेको।
बुटवल उप महानगरको पार्टी नगर कमिटी सद्स्य, सचिवालय सद्स्य,वार्ड इन्च्रार्ज्, नगर कमिटी सचिव हुँदै अध्यक्षको जिम्मेवारीमा महत्वपुर्ण भूमिका र सफलता हासिल गरेको र पार्टी र कार्यकत्रा को मन जित्न सफल
नगरको बिभिन्न जिम्मेवारी रहदा बिभिन्न ठाउमा अब्बल साबित गरेका अर्याल २०७०,२०७४ सालको निर्वाचनमा पार्टीको महत्वपुर्ण जिम्मेवारीमा खटेका र सफलता हात पारेको ।
लगातार २ कार्यकाल देखि अर्याल रुपन्देहि जिल्ला कमिटी सदस्य हुनुहुन्छ।
हाल जिल्ला कमिटी सद्स्य तथा बुटवल उप् महानगर् सह इन्चार्ज तथा वडा न ८ इन्चार्ज हुन्हुन्छ।
हाल जिल्ला कमिटी सद्स्य तथा बुटवल उप् महानगर् सह इन्चार्ज तथा वडा न ८ इन्चार्ज हुन्हुन्छ।
बुटवल ८ पहरि तालिम केन्द्र अगाडि निवा सि अर्याल नगर अध्यक्ष हुँदा त्यस समयमा जन प्र ति निधी बिहिन हुँदा को समयमा नगर परिषद मा बसेर उत्कृष्ट काम गरेको |
नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले एमालेका उम्मेदवारहरूको जित वडाबासीको हित हुने भन्दै विभिन्न योजनाहरु पूरा गरेर वडालाई नमूना बनाउने प्रतिबद्धता ल्याएको छ । बुटवलको सबैभन्दा सुरक्षित र सफा वडालाई भौतिक पूर्वाधार, खानेपानीदेखि विभिन्न कार्यक्रमहरु पूरा गर्ने बताएको हो वार्डलाई पूर्णसाक्षर वडा घोषणा गरिने ,जनता मा.वि.बुटवललाई प्राविधिक धार सहितको मा.वि.को रूपमा विकास गरिने ,वार्डमा रहेको ज्ञानज्योति पुस्तकालयको संरक्षण र प्रवद्र्धनमा सहकार्य गरिने ,विपन्न, गरिव र पछि परेको वर्गका बालबालिकाको शिक्षा लिने अवसरलाई छात्रवृत्तिका lbg], वार्डमा स्थापित स्वास्थ्य इकाइको क्षमता विस्तार गरी वार्डवासीको आधारभूत स्वास्थ्य अधिकारको सुनिच्चिता,वाडमा खुलेका अस्पताल तथा स्वास्थाहरुसँग समन्वय गरी वाडबासीकोलागि निशुल्क स्वास्थ्य शिविर तथा अन्य सुविधा प्राप्तीको लागी पहल गरिने घोषणा पत्रमा समाबेश छ ।
यसै गरि घर—घरबाट निस्कने फोहरलाई प्रकृतिहेरी छुट्टाछुट्टै भाँडोमा संकलन, सुखौरा खोलाको फोहर र जोडिएका ढलहरूको उचित व्यवस्थापन , सार्वजनिक स्थलमा शौचालय निर्माण गर्नुका साथै संरक्षण, सम्बद्र्धन गरी उपयोगी बनाइने, त्यस्ता शौचालयहरु महिला,बालबालिका एवम् अपाङ्गमैत्री बनाइने, जेष्ठ नागरिक,गर्भवती महिला बालबालिका, अपाङ्गता भएका नागरिक, असहाय एवम् अशक्त ब्यक्तिहरूलाई हरेक सार्वजनिक सेवा तथा कार्यहरूमा पहिलो प्राथमिकतामा राख्ने ,सडक चोकहरूमा CCTV क्यामेरा जडान गरी सुरक्षित वार्डको रुपमा विकास गरिने,सार्वजनिक स्थल र पार्कमा FREE WIFI कायम गरिने घोषणा पत्रमा समाबेश छ ।
यसै गरि जेष्ठ नागरिक विश्राम स्थल साथै वाचनालय (पुस्तकालय) निर्माण, वार्डमा भएका युवा क्लबलाई परिचालन गरी खेलकूदको विकासका लागि विद्यालय स्तरीय, टोलस्तरीय÷प्रतियोगितात्मक कार्यक्रमहरू बर्षको एक पटक सञ्चालन गर्ने व्यवस्था मिलाइने ,खेलमा धेरै रुचि भएका युवाहरुलाई विभिन्न खेल तालिम तथा वार्डबाट प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागिहुने खेलाडीहरुलाई पोशाकको व्यवस्था गरिने , युवाहरूलाई व्यक्तित्व विकास, रोजगारी र उद्यमशीलता विकास गर्न विभिन्न सीपमुलक तालिममा सहभागि गराइने ,वार्ड क्षेत्र भित्रको वेरोजगारी, अर्धवेरोजगारी र सीप सिक्ने इच्छा र चाहानाको पहिचानका लागि लगत संकलन गरी आवश्यकता अनुसारका तालिममा आवद्ध गरिने ,महिला ,एकल महिला,दलित, पिछडा वर्ग एवम् विपन्न वर्गको उत्थानका लागि विशेष कार्यक्रम र सीममूलक तालिमहरू सञ्चालन गरिने ,तालिम लिएर उत्पादन गरिएका सामग्रीहरुको बजारीकरणको लागि सहजिकरण गरिने छ सार्वजनिकस्थलमा हुने अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गरिने , साँघुरा बाटाहरूमा आलोपालो एकतर्फी पार्किङ्गलाई कार्यान्वयन गर्न टोलविकास संस्थालाई सक्रिय बनाइने ,सुखौरा खोलामाथि पार्किङ्ग स्थल निर्माणको संम्भाव्यता अध्ययन गरिने ,वार्डमा रहेका टोल विकास संस्थाको संस्थागत क्षमता विकास गरी वार्डको विकास योजनामा परिचालन गरिने घोषणा पत्रमा समाबेश छ ।