✍️ई. नव सुजित भण्डारी
कठै मेरो गणतन्त्र
शिशु गणतन्त्र
संघिय गणतन्त्र
समावेशी गणतन्त्र
जन राजको गणतन्त्र
तर
निरीह गणतन्त्र
हो,
कसैको एक वाक्यमा तरङ्गित हुने गणतन्त्र
एउटा स्याल हुइया गर्दा
वन भरीका स्याल कराए जस्तो
थुनिएको वाघ गर्जदा पनि
नजिकैको फ्याउरो तर्सिए जस्तो
अत्तालिदै निसासिने मेरो गणतन्त्र
कठै
थुनिएको वाघले फ्याउरो मारे
गणतन्त्रमा गुमनाम भएका
सिनोमा रम्न खोज्ने गिद्धहरुको हर्ष
त्यही हर्षमा दिपावली गर्ने ब्वासाहरुको तर्क
त्यसैले,
मेरो गणतन्त्रलाई वचाउनुछ
गिद्ध, ब्वासा, फ्याउराहरु सित
थुनिएको वाघ त निरीह छ
उसको छट्पटि
फ्याउराहरुको उपरखुट्टिको परिणाम हो ।
हो आउ त्यसैले
मेरो गणतन्त्रलाई ज्यूदो राख्नुपर्छ
थुनिएको वाघको ढोकामा भोटे ताल्चा मार्नुपर्छ
थुनिएको वाघ गर्जदैमा
फ्याउरा तर्सिन छाड्नुपर्छ
फ्याउराले रुप वदल्नुपर्छ
एकताको वल देखाउनुपर्छ
अनि शिशु गणतन्त्रलाई विस्तारै हुर्काउनुपर्छ
वयस्क वनाउनुपर्छ
परिपक्व वनाउनु पर्छ
अवसरमा खेल्न खोज्ने ब्वासाहरुलाई
लछार पछार पार्नुपर्छ
किन कि मेरो गणतन्त्र सदाका लागि वाच्नुपर्छ
निमुखाालाई र निर्धालाई काखामा राख्नुपर्छ
अनि मेरो गणतन्त्र फुलेर फल्नु पर्छ
हो गणतन्त्र
तिमी फुलेर फल्नु पर्छ ।