मंसिर २७, बुटवल
लुम्बिनी टेक्निकल ईन्स्टिच्युट, तिलोत्तमा २ रुपन्देहिमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ | २०५३ सालमा स्थापना भएको लुम्बिनी प्रदेशकै पुरानो प्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०७९/८० मा भर्ना भएका डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ, प्रि. डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ र प्रि. डिप्लोमा ईन सर्भे ईन्जिनियरिङका विद्यार्थीहरुलाई स्वागत गरिएको हो |
२६ वर्ष लामो ईतिहास रहेको ईन्स्टिच्युटको नाम परिवर्तन गरेर लुम्बिनी युनिभर्सल कलेज अफ ईन्जिनियरिङ कायम गरेको जनाउदै सस्थाका प्रबन्ध निर्देशक ई. रण बहादुर थापाले कलेज लुम्बिनी प्रदेशमै उत्कृष्ट निजि कलेजको रुपमा अघि बढेको बताउनु भएको थियो | विद्यार्थी सन्तोष ओली तथा डिप्लोमा कार्यक्रम सम्योजक ई. शंकर बस्यालको स्वागत रहेको कार्यक्रममा गत हप्ता सन्चालन गरिएको खेलकुद कार्यक्रमका विजेताहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो |
शिक्षक लक्षमण पन्थीले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रममा कलेजको पहिलो ब्याजबाट सव ईन्जिनियर गरेर पोखरा बिश्वविद्यालयमा पुर्ण छात्रवृत्तिमा छनोट हुन सफल विद्यार्थीहरु पद्मा गुरुङ, उज्ज्वल पुन र उपेन्द्र बोहोरालाई सम्मान गरिएको प्रशासन प्रमुख विजय श्रेष्ठले बताउनुभएको छ |
सस्थाका प्रवन्ध निर्देशक ई. रण बहादुर थापाको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल ई. नव सुजित भण्डारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको सन्चालन लेखा प्रमुख ईन्दिरा भट्टराईले गर्नुभएको थियो |