मुख्यमन्त्री माननीय शंकर पोख्रेल
२३ चैत्र, बुटवल
प्रदेश न ५ सरकारको अगुवाईमा भारतसंग को सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउने निर्णय भएको छ | मुख्यमन्त्री शंकर पोख्रेलको अगुवाईमा आज रुपन्देही , कपिलवस्तु र नवलपरासी( पश्चिम ) का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखसहितको छलफलबाट सो निर्णय गरिएको हो |
केन्द्र र प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि गरेको निर्णयहरु अन्तर जिल्ला संयोजन गरि अघि बढ्ने समझदारी समेत भएको छ |
उता सिमावर्ती क्षेत्रमा अवैध आउ जाउ रोक्न नागरिक परिचालन गर्ने र सुरक्षा सतर्कता बढाउने समझदारी भएको मुख्यमन्त्री शंकर पोख्रेलले फेसबुक स्ट्याटस मार्फत जानकारी दिनु भएको छ |
मुख्यमन्त्रीको स्ट्याटसको पुर्ण रुप :
“आज विहान रुपन्देही कपिलवस्तु र परासीका प्रजिअ र सुरक्षा निकायका प्रमुखसंग कोभिड १९ को नयाँ परिस्थितिका सन्दर्भमा छलफल भयो । सिमा क्षेत्रमा उच्चसतर्कता, लकडाउन व्यवस्थापन र कोभिड १९ को तयारीका सन्दर्भमा केन्द्र र प्रदेश सरकारको निर्णयको कार्यान्वयनका अन्तरजिल्ला संयाेजन गरे अघि वढ्ने कुरा भएको छ ।
सिमावर्ति क्षेत्रमा माइकिङ गरेर सिमावाट हुने अवैध आउजाउ रोक्न नागरिकलाई परिचालित गर्ने र सुरक्षा गस्ती समेत वढाउने समझदारी भएको छ ।