काठमाडाैं। २०७६ चैत २३ गते, शनिबार समाजिक सञ्जालमा एकाएक खबर फैलियो, ‘पोखरा बाट अर्जुनचौपारी सम्म जान चाहानेहरुलाई पृथ्वीचोकबाट ११ बजे बस छुट्दै छ।’ आरुचौर निवासी पोखरा बस्ने नेबिसङ केन्द्रिय सदस्य भरत पोख्रेल, जिल्ला सदस्य नेबिसंघ स्याङ्जाका नेता प्रताप पौडेलको नाम र सम्पर्क नम्बर सहित फेसबुकमा पोस्ट गरेपछि फैलिएको थियो। उक्त पोष्टपछि कोरोना संक्रमीत ब्यक्तीहरु आउने हुन कि भनेर अर्जुनचौपारीमा हो-हल्ला सुरु भएको थियो।
स्याङ्जा जिल्ला भिरकोट गाउँपालिका नेपाली काग्रेसका नेता स्व. सुर्यप्रसाद रेग्मीको निधन ७ दिन पहिला भएको थियो तर नेपाली काङ्ग्रेसकै युवा नेताहरुले उनको निधनको खबरलाइ दुरुपयोग गर्दै मलामिको बाहाना पारी जिल्ला प्रसाशन कार्यालय कास्कीलाई झुटो ब्यहोरा दिइ पासको चरम दुरुपयोग गर्दै पोखराबाट शनिबार स्याङ्जा अर्जुनचौपारीका लागि ग १ ख ९२४७ नम्बरको गाडी प्रयोग गरि ३३ जना यात्रीहरु स्याङ्जा हेलु बयरघारी हुदै अर्जुनचौपारी पठाएका थिए।
साझ पख अर्जुनचौपारी तल्लो बजार आइपुग्दा उक्त बसलाइ अर्जुनचौपारी गाउँ पालिका उपाध्यक्ष चीन माया गुरुङ र प्रहरीले रोकेको अवस्थामा गाउ पालिका अध्यक्षले छोड्न निर्देशन दिएपछि बसमा सवार १९ जनालाई छोडेर र बस नियन्त्रणमा लिइएको स्थानीयले बताए। छोडिएका मध्ये केहि मानिसहरु बजार हुँदै नभई दरौ खोलाको छेउछेउ हिडेको देखेपछि बजारमा होहल्ला चलेको थियो। जनप्रतिनिधिलाई दवाब शृजना हुन थालेपछी अध्यक्ष र उपाध्यक्ष आफै प्रहरी प्रशासनको सहयोगमा उक्त ब्यक्तिको खोजीमा जुट्न थाले। तर साझ परि सकेको र केही घर समेत पुगेको हुँदा सबैलाइ नियन्त्रणमा लिन सकेनन् । यो घटना भए लगत्तै सिङ्गो अर्जुनचौपारी गाउँपालिका बसिन्दाहरु त्रासित भएका छन ।
जनप्रतिनिधिको सकृयतामा उक्त बसमा सवार सबैको बिवरण तयार पारिएको छ। १९ जना मध्य १६ जना घर नपुगेको अवस्थामा फेला परि वार्ड नम्बर ४ स्थित जन बिकास मा बि मा राख्ने प्रबन्ध मिलाइएको कुरा वार्ड अध्यक्ष जित मया चापागाईंले जनाए । उनका अनुसार सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ।