©jitgadhinews
२३ चैत्र , बुटवल
कोरोनाको महामारी बढेसङै सरकारले सबै प्रदेशबाट कोरोनको परिक्षण गर्ने निर्णय भए सङै अन्य प्रदेशमा परिक्षण सुरु भए पनि सुगम मानिने प्रदेश न ५ मा ल्याब सुरु न भएकोमा चौतर्फी बिरोध भैरहेको छ | यसै बिच ल्याब सन्चालन न भएको स्पष्ट कारण सहित प्रदेश सरकारले आजबाट ल्याब सन्चालन गर्ने तयारी पूरा भएको जनाएको छ |
कोरोना मात्र न भएर बायो सेफ्टि सहितको अन्य ईन्फुलुन्जा समेत परिक्षण गर्न तयारी गरिएकोले केही समय लागेको प्रदेश सरकारले स्पस्ट पारेको छ | भैरहवा स्थित गहुँ बाली अनुसन्धान केन्द्रको सात वटा कोठालाई तयार गरि ल्याब सन्चालनको तयारी भएको हो |
ल्याब सञ्चालनमा ढिलाई हुनुका यी कारण देखिए ।
१ प्रदेश २ र यो प्रदेशमा पहिलेको क्षेत्रीय प्रयोगशाला थिएन्, अर्थात पूर्वाधारको अभाव थियो । अन्यत्र क्षेत्रीय प्रयोगशाला थिए । मेशिन आउने बित्तिकै जडान गरी शुरु गरियो ।
२ कोरोना परिक्षणको लागि पिसिआर मेशिन मात्रै नराखी सगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला राख्न खोजियो । अब यो प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अरु इन्फुएञ्जा पनि जाँच गर्न सकिन्छ । त्यो ढंगको तयारी पनि राम्रै भयो । अर्थात अब सुविधा सम्पन्न प्रयोगशालाको पूर्वाधार तयार भयो ।
३ उपयुक्त ठाउँको खोजी भयो, पूर्वाधारको अभाव भएको ठाउँमा समस्या नै भयो । भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवनका सात कोठालाई मर्मत गरी प्रयोगशाला तयार गरिएको छ । केही दिनमै पूरानो भवनका सात कोठा मर्मत गरी प्रयोगशालाका लागि उपयुक्त बनाइएको छ ।
४ पिसिआर र किट सहितको सामग्री चैत २० गते आयो । अन्यत्र दुई दिन पहिला सामान पुगे । पहिले हेलिकोप्टरमा सामग्री पठाउने भनियो । पछि गाडीमा भनियो, अनि गाडी यतैबाट पठाउँदा अन्यत्र भन्दा दुई दिन ढिलाई भयो ।
५ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार, छिटो गर्न खोज्दा एउटा कोठामा पिसिआर मेशिन राखेर कोरोनाको परिक्षण हुनसक्थ्यो । हामीले गुणस्तरीय प्रयोगशालामा जोड दियौं, दुई दिन ढिलाई भयो, प्रयोगशाला गुणस्तरीय बनेको छ ।
६. अब कहिले शुरु हुन्छ त कोरोना परिक्षण ? “ मेशिन जडान लगायतका सबै काम सकिएको छ । भोली चैत २३ गते मेशिनको गुणस्तर परिक्षण हुन्छ । गुणस्तर परिक्षणको काम सकियो भने भोली अपरान्हबाट प्रयोगशालामा नियमित काम शुरु हुन्छ । गुणस्तर परिक्षणमा केही समस्या देखिए, केही घण्टा ढिलाई हुन्छ, धैर्य गरौं—डा. राजेन्द्र गिरीको भनाई छ ।
समयले छिटो प्रयोगशाला सञ्चालनमा ल्याऊ भनेकै छ, त्यही ढंगको तयारी र काम पनि त्यही ढंगले भएको हो । काम गर्दै जाँदा अन्यत्र भन्दा केही भिन्न समस्या पनि रहे । प्रयोगशालालाई गुणस्तरीय ढंगले सञ्चालन गर्न भइरहेको पहललाई सकारात्मक ढंगले बुुुझ्न् समेेत आग्रह गरिएको छ |
मुख्यमन्त्रीका प्रेस सल्लाहकार पत्रकार शेर बहादुर के सि को फेसबुक स्ट्याटसमा आधारित |