२७ चैत्र, बुटवल
जितगढी न्युज व्युरो,
विश्व कोरोनाको महामारीमा परिरहेको समयमा केन्द्र, प्रदेश र स्थानिय सरकारहरु जनस्वास्थ्यको सवालमा अत्यन्त सक्रियताका साथ लागि रहेका छन् । त्यसमा पनि बुटवल उपमहानगरपालिकाको सक्रियता प्रशंसनिय रहेको छ । धागो कारखानाको कोरोना अस्पताल निर्माण होस् या तामनगरमा क्वारेन्टाइन सवै काममा सक्रियता प्रशंसनिय छ ।
त्यसै गरि कृषी उत्पादनलाई समेत सिधै कृषकवाट उपभोत्ताको घर सम्म पुर्यााउन समेत महत्वपुर्ण भुमिका खेलेको छ ।
यता आजै मात्र बुटवल उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम न्युनिकरण नभए सम्मको लागि उपमहानगरपालिका भित्रको जनताहरुको स्वास्थ्य स्थिती सहज वनाउनको लागि नगरका सम्पुर्ण स्वास्थ्य केन्द्रहरुवाट हटलाइन सेवा सुरु गरेको छ । स्वास्थ्यको सम्वन्धमा जुनसुकै समस्याहरु समेत हटलाइनबाट लिन सकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माद्वारा जारि सुचनामा जनाइएको छ ।
हटलाइन नम्वरहरु