२०७७/०१/०१
आदरणीय दाजु भाइ तथा दिदी बहिनीहरु !
आज नेपालको बिक्रमको पात्रो अनुसार नयाँ बर्ष २०७७ को बैशाख १ गते , हामी लामो समयको तयारी र प्रयास पछि बैशाख १ गते जितगढी न्युजको औपचारिक उत्घाटन गर्ने तयारीमा रहेर चैत्र १५ गते बाट अनौपचारिक रुपमा परिक्षण प्रकाशन गरिरहेका छौ |
“यथार्थ, तत्थ्य र जनउत्तरदायी अनलाईन ” को रुपमा विकास गर्न हामी दत्तचित्त भएर लागेका छौ | पत्रकारितामा फरक आयाम र फरक बिषय संग यहाँहरुलाई जोड्ने प्रयास हाम्रो हुनेछ |
तर बिश्व भर फैलिएको कोरोनाको कारण हामी लाई औपचारिक दिन न सकेकोमा क्षेमा प्रार्थी छौ | कोरोनाको जटिलताबाट देश मुक्त हुना साथ हामी औपचारिकरुपमै हाम्रा व्यवस्थापक र सम्पादक मण्डललाई यहाँ सामु राखेनै छौ |
परिक्षण प्रकाशनकै अवस्थामा हामीलाई यति धेरै माया साथ र सहयोग गर्नु भएकोमा यहाँहरुमा हार्दिक आभार प्रकट गर्दछौ |
साथै नयाँ बर्ष २०७७ को अवसरमा सम्पुर्ण पाठक तथा सुवेक्क्षुकहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ | कोरोनाको संकट छिटो अन्त्य होस !
शुभकामना !!!
सम्पादक मण्डल