१ बैशाख , जितगढी न्युज,
प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन (पिन) प्रदेश न ५ ले आज बुटवलमा निर्माण संग संबन्धित मजदुरहरुलाई खाद्यान्न सहयोग गरेको छ | बुटवल उपमहानगरपालिका वडा न ९ मा रहेका निर्माण सम्बद्ध १० मजदुरलाई अति आवश्यक रहेको खाद्यान्न सहयोग गरेको हो |
बुट्वल उपमहानगरपालिका कार्यपालिका सदस्य बिमला श्रेष्ठ तथा वडा न ९ का वडा सदस्य शिव अधिकारीको उपस्थितमा बर्दिया राजापुरका निर्माण मजदुरहरुलाई सहयोग गरिएको हो |
पिन प्रदेश न ५ का सचिव ईन्जिनियर अरुण खनाल, सचिवालय सदस्य ई. छविन्द्र भट्टराई तथा ई. भेषराज भुसालको सम्योजनमा राहत प्रदान गरिएको हो |
बिश्वनै मानवियताको महामारीमा परेको समयमा नेपाल बिगत चैत्र ११ गते देखिको नियमीत लकडाउनमा परेकोले दैनिक ज्याला मार्फत मजदुरि गर्नेलाई असहज अवस्था भएकोले आफू र आफ्नो स्थानमा रहेको जनप्रतिनिधिहरु संग समन्वय गरि मानवताको जिम्मेवारी सबैले निर्वाह गर्नुपर्ने सचिव खनालले बताउनुभएको थियो |