काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै बुधबार बेलुका पूर्वसचिव उपाध्यायलाई ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
यसैबिच पुर्व सचिवको गिरफ्तारको बिषयमा ईन्जिनियर्स एसोसिएसनले बिना सर्त रिहा गर्न माग गरेको छ | नेपाल ईन्जिनियर्स एसोसिएसन केन्द्रिय कार्यकारिणी तथा बागमती प्रदेशले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरि पुर्व सचिवको रिहाईको माग गरेका छन |
दुवै कार्यकारिणीमा सतारुढ नेकपाको जनवर्गीय संगठन प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसनका ईन्जिनियरहरु बिजय भएका थिए |
त्यसै गरि नेपाली काङ्ग्रेस निकट ईन्जिनियरहरुको सस्था सिडेन बागमती प्रदेशले समेत रिहाईको माग गरेको छ |
सामाजिक सन्जालमा निकै सक्रिय पुर्व सचिवले कहिले ७५ वटै जिल्लाको गाजा खेतीको फोटो भन्दै आफ्नो वालमा पोस्ट गर्ने गरेका थिए भने कहिले मानविय सम्वेदना बाहिर गएर नेपालीहरुलाई “भिखमंगा” भनेर सम्बोधन गर्न पछि पर्दैन थिए |