बुटवल , ११ वैशाख ।
प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) प्रदेश नम्बर ५ ले अटोमेटिक सेनेटाईजिङ्ग टलेन निर्माण गरी भेरी अस्पताल नेपालगञ्जलाई हस्तान्तरण गरेको छ ।
पिन प्रदेश ५ का अध्यक्ष इञ्जिनियर जीवन अर्याल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला अध्यक्ष तथा प्रदेश ५ का प्रदेशसभा सदस्य आईपी खरेलले बिहीबार संयुक्त रुपमा अटोमेटिक सेनेटाईजिङ्ग टलेन भेरी अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. प्रकाश थापालाई हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य अक्कल बहादुर बम, नबिन शर्मा , नेकपा नेपालगंज नगर अध्यक्ष डिल्ली बराल, नगर सचिव दत्त आचार्य , प्रदेश ५ मुख्यमन्त्रीका स्वकीय सचिव सुरेश गौतम, प्रोग्रेसिभ इञ्जिनियरिङ एशोसियसन नेपाल (पिन) का केन्द्रीय सचिवालय सदस्य ई.विजय विष्ट, केन्द्रीय सदस्य ई.बलराम पौडेल, प्रदेश ५ सचिवालय सदस्य ई. विवेक लामिछाने, ई. खुमलाल बिसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अटोमेटिक सेनेटाईजिङ्ग टलेनको बारेमा पिन प्रदेश न ५ का सचिवालय सदस्य खुमलाल बिसीले जानकारी दिएका थिए भने कार्यक्रमको सहजीकरण पिन प्रदेश ५ का सचिवालय सदस्य बिबेक लामिछानेले गरेको प्रदेश सदस्य राकेश पाण्डेले जानकारी दिएका छन |
यस अघि पिन प्रदेश नम्बर ५ ले अटोमेटिक सेनेटाईजिङ्ग टलेन निर्माण गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरेको थियो ।