भाद्र ९ काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।
विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएका छन। कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘कुनै निर्णय भएको छैन ।’ रातोपाटिले लेखेको छ |