भाद्र ९ भैरहवा – यहि साउन ३० गते बिहान बहाने बजार जाँदै गर्दा टिम्ले खोलाको लम्पुक भीरमा हिँड्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापिएर दुवै खुट्टा भाँच्चिएका जिवन पुन अहिले भैरहवामा छन्।
उनका दुवै खुट्टा भाँच्चिएपछि बुबा कर्णबहादुर पुनले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै उपचारका लागि प्युठानको फोप्लीदेखि भैरहवा ल्याइएका थिए।
सामाजिक संजालमा एका एक आर्थिक अभावमा पहिरो पिडित उपचार बिहिन भनेर पढ्दा निकै नमाजा लागे पछि क्लबका साथिहरुसंग छलफल गरि केहि नगद सहयोग गरेको कार्यक्रम संयोजक एवम दितिय उपाध्यक्ष रुपेस बास्तोलाले बताए । युनिभर्सल कलेज अफ मेडिकल साइनसका प्रशासन संयोजक तेज केसी, समाजसेवी लायन्स शुसिल गुरुङ को उपस्थितिमा क्लबका कोषाध्यक्ष सुमित सास्वत , रोहित शाक्यले घाइते जिवनका बुबा कर्ण बहादुर पुनलाइ नगद रु दश हजार (रु १००००) हस्तान्तरण गरेको क्लबका सह सचिव सरोज सुनारले बताए साथै सम्पुर्णमा सहयोगका लागि अपिल पनि गरेका छन ।