वैशाख १०, बुटवल
नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टि बिच बुटवल उपमहानगरपालिकाको स्थानिय निर्वाचनमा सहकार्यको सहमती भएको छ | शनिबार भएको सहमती अनुसार उपमहानगर प्रमुख, उप प्रमुख र १९ वडा अध्यक्ष सहित ८६ पदमा नेकपा एमालेको उम्मेदवारलाई राष्ट्रिय जनमुक्ति पार्टिले समर्थन गर्ने र ११ वटा सदस्यमा नेकपा एमालेले राष्ट्रिय जनमुक्ति पार्टिका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख गरिएको छ |
उपमहानगरको सबै वडामा संयुक्त प्रचार कार्यलय स्थापना गर्ने र स्थानिय निकायको निर्वाचन संग सम्बन्धित सम्पुर्ण कार्य संयुक्त रुपमा गरिने सहमति भएको वैठक पछि नेकपा एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किशन ज्ञवालीले जितगढी न्युजलाई जानकारी दिनुभएको छ |
सहमति पत्रमा नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष किशन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टिको तर्फबाट नगर अध्यक्ष भेक बहादुर सारु मगरले हस्ताक्षर गर्नु भएको छ |