वैशाख १०, बुटवल
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासङ्ग बुटवल उपमहानगर कमिटि को प्रथम भेलाले त्रिभुवन शर्मा पाण्डेको अध्यक्षतामा ४५ सदस्य कमिटी गठन गरेको छ |
नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सह ईन्चार्ज शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा नेकपा एमालेको लुम्बिनी प्रदेश पार्टी कार्यलय पिएल भवनमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा युवराज घताने, र प्रेम खाम्चा मगर, सचिवमा विष्णु विक, सह सचिवमा सृजन नेपाल, राजकुमार परियार तथा कोषाध्यक्षमा प्रवेश आचार्यलाई चयन गरेको छ |
नेकपा एमालेका प्रदेश कमिटी सदस्यहरु गोपाल राना, बाबुराम भट्टराई, ज्ञानु केसी, जिल्ला कमिटी सदस्य तथा खेलकुद ईन्चार्ज योग गुरुङ, नेकपा एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किशन ज्ञवाली, सचिव तथा खेलकुद महासंघका केन्द्रिय सदस्य मेघराज भट्टराई लगाएतले भेलामा शुभकामना मन्तव्य राख्नुभएको थियो |
महासंघका रुपन्देही जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भेलाको सन्चालन जिल्ला सदस्य महेश खनाले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष समुन्द्र श्रेष्ठले गर्नुभएको थियो |