” कोरोना चुनौती सङ्गै अबसर पनि हुन सक्छ “
मिन प्रसाद पोख्रेल ✍️
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूँ अभिबादन, देश र जनताको लागि थुप्रै प्रतिकूलता सङ्ग लड्दै, अनुकूलताको खोजी तपाईंको मुल धेय निरन्तर जारी थियो,जारि रहिरहेको छ र अझ गतिशील बन्दैछ, त्यसैले आज नेपाली ले एउटा आसाको केन्द्रको रूपमा हेरेका छन् ।बिश्वसामू एऊटा बबुरो राष्ट्र सबैको आँखा मा पनॅ गएको छ।डाँडा पाखा, भन्ज्याङ चौतारी,खोलानाला, समेत मानब बस्ति सङ्गै रमाउन थालेका छन् ।सडक र गल्लीमा नारकिय जिबन बिताउँन बिबश मनहरुले,आशिर्बाद दिन थालेका मात्र के छन् ।
मानिसहरूले सरकारको अनुभुती नै नगरिरहेका कुनै बेला, मेरो सरकार भन्न मात्र के थालेका छन् ।घरपरिवार बाट टाढा मुग्लान पुगेकाहरु स्वदेश फर्केर स्वाभिमानी नेपालीको पहिचान दिन थालेका मात्र के थिएँ । नेपाली ले आफुलाई नेपाली भनेर चिनाउँदा गौरब गर्न मात्र के थालेका थिए ।डिभी र पिआर लिएर बिदेश पलायन भएकाहरूले बिदेशमै पनि म नेपाली भन्न के थालेका थिए ।हरेक क्षेत्रमा नयाँ तरङ्ग आइरहेको महसुस हुन मात्र के थालेको थियो।छाती चौडा र सिना उच्च गरेर हिड्दै कर्मशील पाखुरीहरू अगाडि बढ्न मात्र के थालेका थिए ।करोडौं नेपालिको उच्च मनोकांक्षा परिपुर्ति गर्न थुप्रै नयाँ निर्णय लिन मात्र के थालेका थियौँ ।करोडौं नेपालिले तिमि संग देखेको नयाँ नेपालको परिकल्पना लाई ब्यबहारमा उतार्ने पहल मात्र के गरेका थियौ।निश्चल,निष्कपट र निस्वार्थ ले अगाडि मात्र के बढेका थियौ।अबसरबादिहरूको निद्रा अराम मात्र के गर्न लागेका थियौ ।नेपाल लाई कृडा स्थल बनाउने र सधै त्यसैमा रमाउनेको निद्रा हराम मात्र के गर्न लागेका थियौ ।
केपि ओली को सरकार छ,यो जनताको सरकार हो यही सरकारले गर्छ,जे गर्छ।यो मेरो भनाई होइन नेपाली जनको भनाई हो। यो बाहेक अर्को बिकल्प छैन र हुन सक्दैन पनि ।यो अरु जो कोहीको ल्याकतको बिषय पनि होइन र छैन।
सम्पूर्ण नेपाली लाई आशाको अर्को झिल्कोको रुपमा स्वास्थ्यलाभ लिएर आयौ र तिमि दिउसै सपना देखेर सुन्दर नेपालको परिकल्पना के गरिरहेका थियौ।
ठिक त्यतिनै बेला बिश्वले झै हामिले पनि महामारीको रुप लिएको कोभिड 19को सामना गर्नुपर्ने बिषम परिस्थिति बन्न पुग्यो ।त्यस बाट आम नेपाली लाई जोगाऊनु र हरेक नागरिकलाई सुरक्षित राख्ने कुरा नै सबै भन्दा ठुलो थियो । सरकार ले पनि त्यही गरिएकै छ र गरिरहने छ,जनता तिम्रै बिश्वासमा छन् ।केपि ओली को सरकार छ,यो जनताको सरकार हो यही सरकारले गर्छ,जे गर्छ।यो मेरो भनाई होइन नेपाली जनको भनाई हो। यो बाहेक अर्को बिकल्प छैन र हुन सक्दैन पनि ।यो अरु जो कोहीको ल्याकतको बिषय पनि होइन र छैन।
अब रहयो कुरा, हरेक चुनौती सङ्गै अबसर पनि सङ्ग सङ्गै आइरहेको हुन्छ ।त्यहि चुनौती भित्रको अबसर प्रयोग गर्ने र देश र जनतालाई नितान्त नयाँ जिबन दिने । मलाई बिश्वास छ ,अबको तिम्रो कदम एता तिर लम्कने छ।किनकि तिमि नै एउटा यस्तो युग पुरुष हौ,जो सहि समयमा सहि निर्णय लिन सक्छौ। समय पनि यही नै हो पार्टी भित्रको अनुशासन लाई अझ ससक्त बनाउने,आबस्यकता अनुसारको निर्णय लिने,परिआए थप दुई कदम अगाडि बढ्ने ।मलाई बिश्वास छ तिमी अझ ससक्त र जुझारु पार्टी निर्माणमा जुट्नेछौ र आम कार्यकर्ता शुभेच्छुक शुभचिन्तक लाई ऊर्जा प्रदान गर्ने छौ।त्यति मात्र होइन देश भित्र वा बाहिर जहाँ सुकै बसेर,देशको र जनताको बिरुद्धमा लाग्नेहरूको निद्रा हराम गरिदिनेछौ ।यो देश माथि गिद्दे दुष्टि लगाउने हरूको तेजो बध गर्नेछौ ।नेपाल आमा माथि सिउरि खेल्दै आईरहेकाहरू लाई सदाका जेल कोच्नेछौ ।
मलाई आशा र बिश्वास छ|
हो तिमि यही चुनौती भित्रको अबसर बाट म र म जस्तै थुप्रै (करोडौं)नेपाली को मनोकांक्षा लाई सम्बोधन गर्ने छौ। मलाई थाहा छ,मेरो यो बिश्वास लाई कुनै पनि बहानामा मर्न दिने छैनौ।म यही बिश्वास लाई बोकेर प्रतिक्षा गरिरहने छु । मेरो प्रतिक्षाको घडी निश्चित समयमा बज्नेछ,अनि म र म जस्तै करोडौं नेपाली मनलाई रक्तसञ्चार भर्ने छ।यहि आशा र बिश्वास मनभरि बोकेर र बाँकि तपाईं माथि छाडेर यो चिठी बाट बिदा हुन्छु।
नमस्कार अभिवादन जय देश !!!