✍️ सविता थापा
न्याय हराएको मेरो देशमा अन्याय कतिकति ..; जहाँतहीँ लाडाई ,झगडा, आतङ्क, हत्या तर शान्ति कहि देखिन। के मानवता हराएकै हो त ..? सुरक्षाका लागि खटिएका महिलाकर्मि सुरक्षित छैनन्, देशका सेवक प्रहरी जवान सुरक्षित छैनन्, जन्ताले प्रहरी कुट्ने , प्रहरिले जनता कुट्ने, ससुराले बुहारी भन्दैनन्, आमाले छोरा मान्दैनन्, दाईले बहिनी भन्दैन, समाजको कुदृष्टि अवोध माथि एसिड प्रहार मुख भरि अपराधी चिन्छ तर कानुन चिन्दैँनन्। पिडित न्यायालय धाउँछन् तर न्याय पाउ दैनन्। देश को बिकास हामी गर्छौं अब तिम्रा कुर्सीमा तिमि नै बस कुर्सी को लागि झग्डा नगर तर बिन्ति जनतालाई कडा कानुन बनाईदेउ । सुन्दर देश दुर्गन्धित नबनाउँ हामि लाई न्याय चाहिँयो।
सदाका लागि बन्द गर न्यायालयका दरवार , जलाई देउ कानुनी नियम लेखिएका बिधानका पत्र ; र गर्व का साथ भन्न सुन्दर देशको परिचय देउ “कानुन नभएको देश नेपाल हो । “जब समाजिक सञ्जाल र समाजमा दिन प्रतिदिन देख्ने गर्छु समाजमा घटेका भयानक घटना, तब भन्न मन लाग्छ पिडित ले न्याय नपाएको र कानुन नभएको देश नेपाल।
हो , आज पनि निर्मलाको आमा छोरीको न्यायको लागि न्यायालय को ढोका ढक्ढकाउ दै छिन्, सर्वसाधारण हामि जन्ता ( justice for nirmala pantha) आज पनि न्याय को लागि आवाज उठाइरहेका छौं तर बिडम्बना राजाले त न्याय नपाएको मेरो देशमा निर्मला जस्ता छोरीहरुले न्याय पाउनु त "आकासको फल आँखा तरी मर भनेजस्तै हो"। मलाई सोध्न मन लाग्यो ...! निर्मलाले न्याय कहिले पाउँछिन ..? मुस्कान खातुनको अोठमा मुस्कान कहिले आउला...? के नारिको लागि कुनै कानुन बनेको छैन ..?
मेरो देशमा के हुँदैछ ,यस्तो ..?
आज पनि किसान रुदै काधमा कोदालि बोकि बेसि धाएको देख्छु,
रासन नहुँदा गरिबले चुलोमा आगो निभाएको देख्छु ,
मन्छेले मान्छे किन बेचे गरेको देख्छु , होटलमा धन्दाे चलाएको देख्छु,
दिनप्रतिदिन मान्छे काटेको देख्छु ,
पिडित रुदै न्याय को ढोका ढक्ढकाउदै हिडेको देख्छु,
पैसाले कानुन किनिदो रहेछ र त होला यहाँ ..! आज पिडित रोएको तर अपराधि हाँस्दै हिडेको देख्छु।
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मिएको देश मा दिनप्रतिदिन घटेका भयानक घटना हत्या, हिंसा, बलत्कार , र अत्याचार भैरहेको देख्दा दुख लाग्छ।
तितो लाग्न सक्छ तर सत्य यहिँ हो।मेरा शब्दहरु ले आक्षेप पुराएमा माफि चाहँन्छु।