✍️ हरिकला भुषाल
भो भो मलाई कसैको ,पसिना खानु छैन ।।
आटाे बेचेर चामल ,मसिना खानु छैन ।।
सिन्कीको झोलमा ,जौ को आटो पाएसम्म
किड्नी बिगार्ने मटर, अजिना खानु छैन ।।
साजी मोहिमा ,आटाे राेथल्न पाएसम्म
खाडिकाे ताताे अनि ,असिना खानु छैन ।।
गाेलभेडाकाे चटनिमा,बगने राेटि पाएसम्म
वर्गर पिजाकाे ,बासना खानु छैन ।।
आटाे बेचेर चामल ,मसिना खानु छैन ।।